यू–१९ इस्टर्न रिजनको सेमिफाइनल– मलेसिया विरुद्ध फिल्डिङ गर्दै नेपाल | Khabarhub Khabarhub

यू–१९ इस्टर्न रिजनको सेमिफाइनल– मलेसिया विरुद्ध फिल्डिङ गर्दै नेपाल


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले एसीसी यू–१९ इस्टर्न रिजनको सेमिफाइनल खेलमा घरेलु टोली मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर नेपालले फिल्डिङ गर्ने निर्णय गरेको छ । आजको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । विशाल विक्रम केसीको स्थानमा तीब्र गतिका बलर कमलसिंह ऐरीलाई मौका दिएको छ ।

प्रतियोगिता अन्तर्गत आजै अर्को सेमिफाइनलमा हङकङ र सिंगापुरबीच खेल हुँदै छ ।

हङकङ समुह बी को विजेता र घरेलु टोली मलेसिया उप विजेता हो । नेपाल समुह ए को विजता र सिंगापुर उप विजेता हुन् ।

नेपालले समूह चरणमा चीनलाई १० विकेटले हराउँदा सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको थियो ।

प्रतियोगिताको विजेता टोलीले २८ अगस्टदेखि श्रीलंकामा हुने एसिया कप खेल्ने छ ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ७ : ४४ बजे

जनकपुरको गेस्टहाउसमा युवा-युवती मृत भेटिए, नाबालिका जीवितै

जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव

कतारका अमिर थानी काठमाडौँ आइपुगे

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने

सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने

गोदावरी– कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको सीईओमा मन्जिला नियुक्त

काठमाडौं – विकास बैंकहरूको छाता संस्था डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले

कतारी अमिरको भ्रमण : खाली गरियो काठमाडौंको सडक, निजी साधन चलाउन रोक

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी सवार जहाज