मिर्गौलाको पत्थरी थाहा पाउन पिसाब जाँच गराउनुस् | Khabarhub Khabarhub

मिर्गौलाको पत्थरी थाहा पाउन पिसाब जाँच गराउनुस्


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भनिन्छ व्यवहार चुस्त दुरुस्त राख्न हिसाब ठीक हुनुपर्छ । अनि स्वास्थ्य मजबुद बनाउन पिसाब ठीक हुनुपर्छ । त्यसैले शरीरमा कुनै समस्या आए पिसाब जाँच गराउनु आवश्यक छ । पिसाब जाँचबाट धेरै रोगको निदान सम्भव छ । यसले मूत्र प्रणालीको अवस्था मात्र नभई अन्य धेरै मेडिकल र सर्जिकलअवस्थाबारे चिकित्सकलाई जानकारी दिने गर्छ । त्यसैले, जुनैसुकै विषयका बहिरंग तथा अन्तरंग विभागका चिकित्सकले पनि बिरामीलाई पिसाब जाँचका लागि सिफारिस गर्छन् ।

कस्तो अवस्थामा पिसाब जाँच गराउने
पिसाब पोलेमा
रगत देखा परेका
साबिकभन्दा छिट–छिटो पिसाब लागेमा
पिसाब गर्दा ननिख्रेमा
पिसाबको धारा सानो आएमा
अन्डकोष तथा तल्लो पेट दुखेमा
कोखा दुखेमा वा काम ज्वरो आएमा
पिसाब चुहिने समस्या भएमा

के–के जाँच गर्ने ?
मुख्यतः पिसाबको रंग, रूप, एसिडिटीको लेभल, सुगर र प्रोटिन हेरिन्छ। साथै, माइक्रो स्कोपबाट पिप, रगत, इपिथेलियम, कास्ट र क्रिस्टलका कणहरू हेरिन्छ। पिसाब कल्चर, पिसाबमा क्यान्सरको कोष, विभिन्न हार्मोन तथा मूत्र प्रणालीको पत्थरीको विशेष जाँच गरिन्छ।

जाँचबाट निम्न रोगको निदान
पिसाबको संक्रमण, मूत्रप्रणालीको क्यान्सरलगायत विभिन्न रोग, तथा मिर्गौलाको पत्थरीलगायतको अवस्थाबारे जानकारी हुन्छ।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  २ : ०९ बजे

इथियोपियामा द्वन्द्वका कारण ५० हजारभन्दा बढी विस्थापित

नैरोबी– उत्तरी इथियोपियाको एउटा विवादित क्षेत्रमा भएको झडपका कारण ५०

लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना दिँदै

लगानी बोर्डको ५८ औं बैठक : ६ अर्ब ६३ करोड थप लगानी स्वीकृत

काठमाडौं – मंगलबार बसेको लगानी बोर्डको ५८ औं बैठकले ६

महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

दोधारा चाँदनी– महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको

शेखरको चेतावनी : सहकारी ठगीमा रविमाथि छानबिन नभएसम्म संसद् चल्दैन

इलाम- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदीय छानबिन समिति