आजबाट प्रधानमन्त्री ओलीको एक हप्ते युरोप भ्रमण | Khabarhub Khabarhub

आजबाट प्रधानमन्त्री ओलीको एक हप्ते युरोप भ्रमण


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणका लागि आज (शनिबार) त्यसतर्फ प्रस्थान गर्दैछन् । प्रधानमन्त्री ओलीले एक हप्ता लामो युरोप भ्रमणका क्रममा स्विट्जरल्याण्ड, बेलायत र फ्रान्स पुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओली स्विटजरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठनको साधारणसभमा सहभागी हुनेछन् । त्यसपछि जेठ २७ गते बेलायत पुगेर अक्सफोर्ड विश्वविद्यालयमा सम्बोधन गर्ने र नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम छ । यस्तै जेठ २९ गते फ्रान्स प्रस्थान गरी प्रधानमन्त्रीले त्यहाँ उच्च स्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओली भ्रमण पूरा गरी असार १ गते नेपाल फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । बेलयती प्रधानमन्त्री टेरिजा मे को निम्तोलाई स्वीकार गर्दै ओलीले बेलायतसहित युरोपियन देशको भ्रमण योजना बनाएका छन् । ओलीलाई भ्रमणको निम्तो गर्ने बेलायती प्रधानमन्त्री टेरिसा मे सरकारबाट बाहिरिने क्रममा छिन् । उनले प्रधानमन्त्री पदबाट औपचारिक राजीनामा दिइसकेकी छैनन् तर सत्तारुढ पार्टीको नेताबाट हटेकी छन् । नयाँ प्रधानमन्त्रीका लागि नेता चयन गर्न उनले बाटो खोलेकी छन् ।

पहिलो कूटनीतिक सम्बन्ध भएको मुलुक बेलायतमा १७ वर्षपछि नेपालबाट प्रधानमन्त्रीस्तरको भ्रमण हुँदैछ । त्यसैले पनि ओलीको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

प्रधानमन्त्री ओलीले मंगलबार १० डाउनिङ स्ट्रिटमा बेलायती समकक्षी मेसँग भेट्ने कार्यक्रम छ । दुई मुलुकबीच कूटनीतिक सम्बन्ध २ सय वर्ष पुरानो भइसक्दा पनि कुनै बेलायती प्रधानमन्त्री नेपाल भ्रमणमा गएका छैनन् । नेपालका प्रधानमन्त्री बेलायत आएको अवस्थामा यहाँका समकक्षीलाई नेपाल भ्रमणको निम्तो दिनु उपयुक्त अवसर बन्न सक्थ्यो । तर, सरकारबाट बाहिरिन लागेका कारण यसपटक निमन्त्रणा व्यावहारिक नहुने सरोकारवाला बताउँछन् ।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  ६ : ४७ बजे

नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले पदपूर्तिका लागि ठूलो सङ्ख्यामा आवेदन माग गरेको छ।

इजरायल–इरानबीच तनाब बढ्यो : इरानमाथि आक्रमण सुरु

काठमाडौं– पछिल्लो साता अरबका दुई मुलुक इजरायल र इरानबीच तनाव

बेनीमा कृषि बजारको भवन निर्माण सुरु

म्याग्दी– जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु

खेलकुद परिषद्को सर्कुलरले हच्किए सङ्घ अध्यक्ष

काठमाडौं – शनिबार ललितपुर सातदोबाटोमा नेपाल पौडी सङ्घको चुनावी साधारण

विपिन जोशीका परिवारले भेटे प्रधानमन्त्रीलाई 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको