नेपाल–भारत सीमामा १ सय ७९ नयाँ स्तम्भ निर्माण, २ सय ४३ स्तम्भ बनाउन बाँकी | Khabarhub Khabarhub

नेपाल–भारत सीमामा १ सय ७९ नयाँ स्तम्भ निर्माण, २ सय ४३ स्तम्भ बनाउन बाँकी


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-प्रदेश १ स्थित नेपाल-भारत सीमा क्षेत्रमा १७९ वटा नयाँ स्तम्भ निर्माण कार्य सम्पन्न भएको छ ।

सुनसरी मोरङ र झापामा अझै २४३ स्तम्भ निर्माण गर्न बाँकी छन् । शुक्रबार प्रदेश १ को राजधानी विराटनगरमा सम्पन्न नेपाल–भारत संयुक्त सीमा क्षेत्र सर्वेक्षण फिल्ड सर्भे टिमको दोस्रो बैठकमा यस्तो जानकारी दिइएको राजधानी दैनिकमा खबर छ ।

बैठकमा नेपालबाट सुनसरी, मोरङ र झापाका प्रमुख जिल्ला अधिकारीलगायतका सुरक्षा निकायका प्रमुख, वन र नापी कार्यालयका प्रमुखको सहभागिता थियो ।

भारततर्फबाट सुपौल र अररिया जिल्लाका डिस्ट्रिक्ट मजिस्ट्रेट, सुरक्षा निकायका प्रमुखलगायत वन र नापी कार्यालयका प्रमुखको बैठकमा सहभागिता थियो ।

बैठकका विषयमा जानकारी दिँदै मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले नयाँ सीमा स्तम्भ निर्माणका क्रममा आएका समस्याका विषयमा छलफल भएको बताए ।

उनले मेची नदीमा परीक्षणका लागि निर्माण गरिएका पाँचवटा स्तम्भमा वर्षाले कुनै क्षति नभए नदी क्षेत्रको सीमा विवाद सधैंका लागि समाधान हुने बताए ।

झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुशार सीमा मिचिएको विषयमा समेत वैठकमा छलफल भएको छ ।

केही क्षेत्रमा किसानहरूले दशगजा मिचेर खेतीपाति गरेको र घर निर्माण गरेर बसोबास गरिरहेको विषयमा छलफल भएको छ ।

यद्यपी नेपालको डिजिटल नक्सा निर्माण भइसकेकोले जुनसुकै बेला मिचिएको क्षेत्र निकाल्न सक्ने अवस्था रहेको उनले बताए ।

नापी विभागका नेपाल–भारत सीमा सर्वेक्षण टोली नम्बर १ का प्रमुख शिबप्रसाद लम्सालका अनुशार सुनसरी, मोरङ र झापाको सीमामा निर्माण गर्नुपर्ने स्तम्भमध्ये जमिनमा यसअघि नै निर्माण भइसकेको र बाँकी केही जमिनमा र नदीहरूमा आपूmहरूले निर्माण गरेको बताए ।

ठूला नदी बाहेकका बिजोड नम्बरको स्तम्भ नेपाल पक्षले र जोडा नम्बरको स्तम्भ भारत पक्षले निर्माण गर्ने व्यवस्था रहेको बताउँदै उनले नेपालले १०६ र भारतीय पक्षले ७३ वटा स्तम्भ निर्माण कार्य सम्पन्न गरेको छ ।

यस्तै नेपालले १६ र भारतले २६ वटा स्तम्भको मर्मत कार्य सम्पन्न गरेका छन् । ठूला नदीको हकमा भने जोर र बिजोर दुवै स्तम्भ भारतीय पक्षले नै निर्माण गर्ने व्यवस्था रहेको लम्सालले बताए ।

मेची नदीमा भने यस वर्ष परीक्षणका लागि पाँचवटा स्तम्भ निर्माण गरिएको छ । वर्षाले ती स्तम्भमा कुनै क्षति नभए आउँदो आर्थिक वर्षबाट मेचीदेखि महाकालीसम्मका सवै ठूला नदीमा स्तम्भ निर्माण हुने लम्सालले बताए ।

उनका अनुशार सुनसरी, मोरङ र झापामा मात्र २४३ वटा नयाँ स्तम्भ निर्माण गर्न बाँकी छन् । जसमध्ये सुनसरीको सीमामा २४, मोरङमा १० र झापामा २०९ वटा छन् । सुनसरी र मोरङमा भारतीय पक्षले र झापामा दुवै पक्षले निर्माण गर्न बाँकी रहेको उनले सुनाए ।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  ६ : ३१ बजे

विश्व सम्पदा दिवसको अवसरमा ‘हेरिटेज वाक’

काठमाडौं–  आज विश्व सम्पदा दिवसको अवसरमा  ‘हेरिटेज वाक’ कार्यक्रम भएको छ। 

अखाद्य तरकारी र फलफूलको आयात रोक्न माग

झापा– मेची उद्योग वाणिज्य संघले भारतबाट आयातित अखाद्य तथा गुणस्तरहीन

कोशी प्रदेश सभामा संकल्प प्रस्ताव पेश

विराटनगर- कोशी प्रदेशमा संकल्प प्रस्ताव भएको छ । नेकपा एमाले

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व संकलन 

चौतारा– चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा

अवैध लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौं– महोत्तरी र बाराबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।