आमाको नामबाट नागरिकताको माग राख्दै प्रदर्शन | Khabarhub Khabarhub

आमाको नामबाट नागरिकताको माग राख्दै प्रदर्शन


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आमाको नामबाट नागरिकता पाउने अधिकार सुनिश्चित गर्न सरकारसँग माग गर्दै शुक्रबार काठमाडौंमा प्रर्दशन गरिएको छ ।

महिला अधिकारकर्मीहरुले आमाको नामबाट नागरिकता पाउने संवैधानिक अधिकार सुनिश्चित गर्न सरकारसँग माग गर्दै काठमाडौंको माईतीघर मण्डेलादेखि नयाँ बानेश्वरसम्म र्‍यालीसहितको प्रर्दशन गरेका हुन् ।

उनीहरुले आमाको कोखबाट जन्मिए पनि नागरिकता दिने व्यवस्था अझै सुनिश्चित गर्न नसकेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए । महिला अधिकारको क्षेत्रमा कार्यरत संघ, संस्थाहरु सहभागी भएको सो विरोध प्रर्दशनमा नागरिकतामा समान अधिकार दिलाउन पनि आमाको नाममा नागरिकता पाउने व्यवस्था गर्न ढिलाई नगर्न भन्दै सरकारलाई दवाव दिइएको थियो ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ८ : ३६ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को