जागिरका लागि अन्तर्वार्ता दिँदै हुनुहुन्छ ? यसरी तयार हुनुहोस् | Khabarhub Khabarhub

जागिरका लागि अन्तर्वार्ता दिँदै हुनुहुन्छ ? यसरी तयार हुनुहोस्


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक सफल जीवनयापनका लागि हामीले धेरै ठाउँमा धेरै प्रकारका इन्टरभ्यू (अन्तर्वार्ता) फेस गर्नुपर्ने हुन्छ । स्कूलमा भर्ना हुन, कलेज ज्वाइन हुन, जागिर खान अन्तर्वार्ता अनिवार्य जस्तै हुन्छ । अहिले त आफ्ना बालबालिकालाई स्कूल भर्ना गर्दा पनि अभिभावकले समेत अन्तर्वार्ता फेस गर्नुपर्ने समय आइसकेको छ ।

आज हामी तपाईंलाई नयाँ जागिरका लागि दिनुपर्ने अन्तर्वार्ता र त्यसको तयारीबारे केही जानकारी दिँदै छौं । यहाँ उल्लेख गरिएका केही टिप्सलाई प्रयोगमा ल्याउनुभयो भने तपाईंले जागिरका लागि दिएको अन्तर्वार्तामा सफलता पनि प्राप्त गर्नसक्नुहुन्छ ।

– उत्कृष्ट सिभी तयार पार्नुहोस्

हामीले यसअघिको प्रकाशनमा तपाईंलाई कसरी सबैभन्दा उत्कृष्ट सिभी बनाउने भनेर केही जानकारी दिएका छौं । तपाईंको सिभी हेरेर नै रोजगारदाताले तपाईंलाई अन्तर्वार्ताका लागि छनौट गरेका हुन्छन् । त्यसकारण जागिरका लागि आवेदन दिँदा पेश गरिएको सिभी अन्तर्वार्ताका क्रममा पनि साथमा बोकेर जानुहोस् ।

सिभी बनाउने तरिका जान्नका लागि यहाँ क्लिक गर्नुहोस्

– सोसल साईट अपडेट राख्नुहोस्

इन्टरनेटको जमानामा सोसल साइटमा अकाउन्ट नभएका व्यक्ति त अहिले कमै होलान् । तपाईंको पनि फेसबूक, ट्विटर, गुगल, लिंक्डइनजस्ता सोसल साइटमा एकाउन्ट होला । यदि तपाईं कुनै ठाउँमा नयाँ जागिरका लागि आवेदन दिँदै हुनुहुन्छ वा अन्तर्वार्ताका लागि जाँदै हुनुहुन्छ भने आफ्ना सबै सोसल साइटका एकाउन्ट अपडेट गरेर राख्नुहोस् ।

तपाईंलाई थाहा छ कि छैन, अहिले धेरै कम्पनीले तपाईंको व्यक्तिबारे अध्ययन गर्न तपाईंको सोसल साइटको अध्ययन गर्छ । सोसल साइट अपडेट राख्दा कम्पनीका मानिसहरु तपाईं सधैं सूचना र प्रविधिप्रति अपडेट रहनुहुन्छ भन्ने सोच राख्दछन् ।

– कम्पनीका बारेमा सम्पूर्ण जानकारी कलेक्ट गर्नुहोस्

जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने तपाईंलाई एउटा कुरा जानकारीमा हुनु महत्वपूर्ण हुन्छ कि, म कस्तो कम्पनीमा जागिर खान गइरहेको छु ? अन्तर्वार्ताका क्रममा कम्पनीका प्रतिनिधिले तपाईंलाई कम्पनीको बारेमा सोध्ने सम्भावना धेरै हुन्छ । यस्तो अवस्थामा तपाईंले सोधेका प्रश्नको जवाफ फटाफट दिन सक्नुपर्छ ।

– पूर्वअभ्यास गर्नुहोस्

कुनै पनि अन्तर्वार्तामा जानुभन्दा पहिला त्यसको अभ्यास गर्नु जरुरी हुन्छ । कस्तो प्रश्न सोध्दा कसरी जवाफ दिने, आफ्नो परिचय कसरी दिने, दोहरो संवादका क्रममा कस्ता प्रकारका शब्दहरु प्रयोग गर्ने भनेर तपाईंले पूर्वतयारी गरेको हुनुपर्छ । यसका लागि तपाईं बाथरुममा छिरेर ऐनाको अगाडि अभ्यास गर्नसक्नुहुन्छ । प्रश्नको जवाफ दिने क्रममा अनुहारको हाउभाउलाई सही राख्न ऐनाको अगाडि प्रयास गर्दा धेरै प्रभावकारी हुन्छ ।

– अन्तर्वार्ताका लागि सही समयमा पुग्नुहोस्

यो त तपाईंलाई सम्झाइरहनु पर्दैन् कि कुनैपनि काममा समयको महत्व हुन्छ । त्यसकारण अन्तर्वार्ता दिन जाँदा पनि सही समयमा पुग्नु जरुरी हुन्छ । यदि अन्तर्वाता दिने मान्छे धेरै छन् भने समयमै पुग्दा तपाईंले अरुको अनुभव पनि सुन्न पाउनुहुन्छ ।

– कम्पनीको ड्रेसिङ स्टाइल अपनाउनुहोस्

तपाईं कुनै कम्पनीमा अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने अन्तर्वार्ता हुने दिनभन्दा पहिले नै त्यहाँको वातावरणबारे जानकारी लिनु तपाईंका लागि फाइदाजनक हुनसक्छ ।

त्यहाँका कर्मचारीको ड्रेस, बोसको व्यवहार, अनुशासन लगायतका विषयमा तपाईंलाई पहिले नै धेरै जानकारी प्राप्त हुनसक्छ । यस्तो अवस्थामा तपाईंले त्यहाँका कर्मचारीको ड्रेसिङ स्टाईलबारे पनि जान्न पाउनुहुन्छ । अन्तर्वार्ताका क्रममा तपाईंले कम्पनीले नै अपनाएको ड्रेसिङ स्टाइल अपनाउनुभयो भने अन्तर्वार्ता लिने व्यक्तिमा तपाईंप्रति राम्रो प्रभाव पर्न जान्छ ।

– डाइटमा ध्यान दिनुहोस्

तपाईंलाई थाहा नहोला, तपाईंले खाने खानाले तपाईंको व्यवहारमा पनि असर गर्छ भन्ने । अन्तर्वार्ता फेस गर्न जाँदा तपाईंले सन्तुलित आहरा लिएर जानुपर्छ । असन्तुलित खानाले अन्तर्वार्ताका क्रममा नै तपाईंलाई असर पार्न सक्छ ।

– भाषामा कमाण्ड राख्नुहोस्

अन्तर्वार्ताका क्रममा भाषामाथि तपाईंको पूर्ण कमान्ड हुन जरुरी हुन्छ । चाहे तपाईं नेपाली भाषामा अन्तर्वार्ता दिनुहोस् या अंग्रेजीमा । बोल्ने क्रममा झुक्किने र दोहरो अर्थ लाग्ने शब्द प्रयोग गर्नुहुँदैन ।

– थोरै शब्दमा पूर्ण उत्तर दिनुहोस्

कतिपयको वानी छ, विषयवस्तुलाई घुमाएर प्रस्तुत गर्ने । यदि तपाईं गोलमटोल जवाफ दिएर प्रश्नलाई टार्ने कोशिष गर्नुहुन्छ भने, तपाईंले अन्तर्वार्तामा सफलता पाउने संभावना धेरै कम हुन्छ । त्यसैले सोधिएको प्रश्नका बारेमा सटिक भाषामा पूर्ण उत्तर दिनुहोस् । थोरै शब्द बोल्नुहोस्, तर पूर्ण उत्तर दिनुहोस् ।

– दोहरो अर्थ लाग्ने प्रश्नमा विशेष ध्यान दिनुहोस्

अहिले अन्तर्वार्ता लिने सम्बन्धमा एउटा नयाँ ट्रेन्ड चलेको छ, अन्तर्वार्तामा आएका एप्लिक्यान्टलाई दोहरो अर्थ लाग्ने प्रश्न सोध्ने । तपाईं यस्ता प्रश्नप्रति सजग रहनुहोस् । तपाईंको सोच्ने तरिका जाँच्नका लागि यस्तो प्रश्न सोध्ने गरिन्छ । त्यसकारण तपाईं कुनैपनि प्रश्नलाई सही तरिकाबाट विश्लेषण गरेर उत्तर दिने गर्नुहोस् ।

– अन्तर्वार्ताकारलाई पनि प्रश्न सोध्नुहोस्

अन्तर्वार्ता सकिने क्रममा तपाईं पनि आफ्नो अन्तर्वार्ताकारलाई एउटा प्रश्न सोध्न सक्नुहुन्छ । अन्तर्वार्ताकारले तपाईंलाई नै सोधेको तर, तपाईंले जवाफ दिन नसकेको प्रश्न पनि तपाईंले सोध्न सक्नुहुन्छ । साथै अन्तर्वार्ता लिने व्यक्ति र कम्पनीसँग सम्बन्धित प्रश्न पनि तपाईंले सोध्न सक्नु हुन्छ । तपाईंप्रति सकरात्मक प्रभाव राख्ने प्रश्न पनि तपाईंले कम्पनीका प्रतिनिधिलाई सोध्न सक्नुहुन्छ ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ६ : २३ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द