अरुण तेस्रोको पावर हाउसमा बम विस्फोट | Khabarhub Khabarhub

अरुण तेस्रोको पावर हाउसमा बम विस्फोट


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको पावरहाउस पुखुवामा अज्ञात समूहले बम विस्फोटन गराएको छ।

बिहीबार राति चिचिला गाउँपालिका–३, पुखुवामा रहेको पावर हाउसस्थलमा ३ वटा बम विस्फोट गराएको प्रहरी निरीक्षक रामेश्वर पण्डितले जानकारी दिए।  घटनाको थप जानकारी लिन प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी र जिल्ला प्रहरी कार्यालयका संखुवासभाका प्रहरी प्रमुख डिएसपी श्याम सारुमगर मगर घटनास्थल पुगेका छन्।

बम विस्फोटनबाट पानी निकाल्ने सुरुङमा रहेको सुरुङ खन्ने बुमर र जेनेरेटरमा क्षति पुगेको प्रहरीले जनाएको छ। पावर हाउस रहेको कार्यालयको करिब १ सय ५० मिटर टाढा तीनवटा बम विस्फोट भएको प्रहरीको भनाइ छ। बम विस्फोटन गराउने समूहको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ५ : २५ बजे

मनकामना केबलकार शुक्रबार बन्द हुने

नारायणगढ– मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

गोदार– जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ

सुगन्धित तेल प्रशोधन केन्द्र अलपत्र

राँझा– बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा स्थापित सुगन्धित तेल प्रशोधन

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ

पौडी खेल्दा डुबेर एक जनाको मृत्यु

दैलेख– दैलेखमा पौडी खेल्दा डुबेर एक जनाको मृत्यु भएको छ