मेस्सीको विकल्प खोज्दै बार्सिलोना, को आउला नयाँ खेलाडी ? | Khabarhub Khabarhub

मेस्सीको विकल्प खोज्दै बार्सिलोना, को आउला नयाँ खेलाडी ?


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्पेनिस महारथी बार्सिलोनाले खेलाडी सरुवाबाट टिममा भित्र्याउँदा कप्तान लियोनल मेस्सीको विकल्प खोजिरहेको जनाएको छ ।

बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बारटोमेउले बीबीसीसँग बोल्दै क्लबले नयाँ खेलाडी टिममा आवद्ध गर्दा कप्तान लियोनल मेस्सीको सन्यासपछि क्लबलाई अगाडि बढाउने खेलाडी खोजिरहेको बताएका हुन् ।

बार्सिलोनाले अघिल्लो महिना २१ वर्षीय मिडफिल्डर फ्रान्किइ डे जोङलाई अजाक्सबाट भित्र्याएको थियो । ३१ वर्षे मेस्सीले बार्सिलोनाका लागि ६ सय ६४ खेलमा ५ सय ८१ गोल गरिसकेका छन् ।

“मलाई थाहा छ । मस्सीले एकदिन सन्यासको घोषणा गर्नेछन्,”बार्टामोउले बीबीसीसँग भने ।

बार्सिलोनासँग मेस्सीको सम्झौता अझै बाँकी रहेको छ । बार्टामोउले पनि कप्तान मेसीको सन्यासको समय केही वर्षमात्रै बाँकी रहेको बताए ।
२५ वर्ष लगातार ला—लीगाको च्याम्पियन बनेको बार्सिलोना क्लबलाई नयाँ युगमा पनि अहिलेको क्लबको सफलतालाई निरन्तरता दिन सक्ने खेलाडीको खोजी भइरहेको छ ।

“हामी क्लबको भविष्यको खोजीमा छौं,” २०२१ सम्म क्लबको अध्यक्षको जिम्मेवारीमा रहेका बार्टामोउले भने,“हामी उदयीमान युवा खेलाडीलाई टिममा ल्याउन चाहान्छौं । किनकी क्लबको अहिलेको सफलतालाई नयाँ युगमा पनि निरन्तर रुपमा अगाडि बढाउने चाहान्छौं । त्यो हाम्रो दायित्व हो ।”

उनले अगाडि भने,“मेरो जिम्मेवारी २ सिजनमा सकिँदै छ । त्यसैले, म क्लबले राम्रो स्थानमा हुँदा क्लब छाड्न चाहान्छु र नयाँ अध्यक्षलाई यही हाम्रो नीति हो भन्नेछु ।”

सन् २०१७ मा मेस्सीले आफू सपनाको नजिक रहेको बताएका थिए । उनले बार्सासँग नयाँ सम्झौता गर्दै घर (अर्जेन्टिना) को करियर सकिएको बताएका थिए ।

मेस्सीले बार्सिलोनालाई ९ पटक ला—लीगा उपाधि जिताएका छन् । तेसै गरि उनले ४ च्याम्पियन्स लिग र ६ कोेपा डेल रेको उपाधि समेत वार्सिलोनालाई जिताएका छन् ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  १२ : ५८ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०