एक महीनाको अवधिमा ३० वटा सवारीले मात्र गरे सवारीको प्रदूषण परीक्षण | Khabarhub Khabarhub

एक महीनाको अवधिमा ३० वटा सवारीले मात्र गरे सवारीको प्रदूषण परीक्षण


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर-  चितवनमा सवारी साधनको प्रदूषण परीक्षणको व्यवस्था गरिए पनि सेवाग्राही यसप्रति आकर्षित भएका छैनन् । यातायात व्यवस्था सेवा कार्यालयले सवारी साधनको प्रदूषण परीक्षण गर्न शुरु गरेको एक महीनाको अवधिमा जम्मा ३० वटा सवारी साधनको मात्र प्रदूषण परीक्षण भएको छ ।

गत पुस २३ गतेदेखि कार्यालयले पेट्रोलबाट चल्ने सरकारी तथा निजी सवारी साधनको प्रदूषण परीक्षण गर्न थालेको थियो । “सेवा थप भएपछि हामीलाई भ्याइनभ्याइ हुन्छ भन्ने लागेको थियो, कार्यालयका प्रमुख देवीप्रसाद आचार्यले भने, “दिनमा एक/दुई जना मात्रै सवारी साधनको प्रदूषण परीक्षणका लागि आउने गरेका छन् ।” जिल्ला प्रशासन कार्यालयमा नियमित हुने कार्यालय प्रमुखको बैठकमा समेत सबै कार्यालयको सवारी साधनको अनिवार्य प्रदूषण परीक्षण गराउन भनिए पनि कार्यान्वयन नभएको उनले बताए ।

“हामीले सोचेकोभन्दा निकै कम मात्रामा प्रदूषण परीक्षणका लागि आउने गरेका छन्”, उनले भने, “ट्राफिकले कारवाही शुरु नगरेसम्म कार्यान्वयन हुन गाह्रो छ ।” प्रदूषण परीक्षण गराएका सवारी साधनमा हरियो स्टिकर टाँस गरिएको छ । प्राविधिक र कर्मचारी अभावका कारण डिजेलबाट चल्ने गाडी प्रदूषण परीक्षण शुरु गर्न नसकिएको उनले बताए ।

चौबिस करोड राजस्व सङ्कलन 

उक्त कार्यालयले चालू आर्थिक वर्षको छ महीनामा रु २४ करोड ४७ लाख पाँच हजार ५६० राजस्व सङ्कलन गरेको छ । कार्यालयले सवारी कर, आयकर, रुट परमिट र विविध शीर्षकमा उक्त रकम सङ्कलन गरेको हो ।

सवारी करमा रु १९ करोड ७८ लाख ३० हजार ६३५, आय करमा रु एक करोड १४ लाख ४२ हजार १५५, रुटपरमिटमा रु दुई करोड ७९ लाख ७४ हजार ३१५ र विविधतर्फ रु ७४ लाख ५८ हजार ४५५ सङ्कलन गरिएको कार्यालयका प्रमुख आचार्यले जानकारी दिए ।

गत वर्षको राजस्व सङ्कलनका आधारमा यस वर्षको सो अवधिमा रु ५० करोड सङ्कलन गर्ने लक्ष्य लिइएकामा रु २४ करोड मात्रै सङ्कलन गरिएको हो । कार्यालयका सेवा सुविधा प्रादेशीकरण भएका कारण राजस्व सङ्कलनमा कमी आएको उहाँको भनाइ थियो ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  १० : ४० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका