प्रधानमन्त्री मोदीलाई खुल्ला बहसका लागि तयार हुन गान्धीको आग्रह | Khabarhub Khabarhub

प्रधानमन्त्री मोदीलाई खुल्ला बहसका लागि तयार हुन गान्धीको आग्रह


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बहस गर्न आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री मोदीले देशलाई एकताबद्ध गर्छु भन्दै कुरा मात्रै गर्ने तर काम भने नगर्ने आरोप भन्दै अध्यक्ष राहुलले प्रधानमन्त्रीलाई राष्ट्रिय मुद्दामा बहसका लागि आग्रह गर्नुभएको हो ।

उहाँले प्रधानमन्त्री मोदी सार्वजनिक बहसका लागि आफूसँग डराउने तर्क गर्दै अध्यक्ष गान्धीले आउँदो लोकसभाको निर्वाचनमा काँग्रेसले भारतीय जनता पार्टी र राष्ट्रिय स्वयमसेवक दलसँग बहसमा उत्रिने र भारतीय कङ्ग्रेसको पक्षमा मतदातालाई अघि बढ्न प्रोत्साहित गर्ने बताउनुभयो ।

“यदि कसैले नरेन्द्र मोदीलाई मसँग दश मिनेट खुल्ला बहसमा आमन्त्रण गर्नुभयो भने उहाँ सहमत हुनुहुनेछैन,” गान्धीले चुनौतिको भाषामा भन्नुभयो ।

राजधानी दिल्लीमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा उहाँले थप्नुभयो, “मैले भनिरहेको छु नि उहाँ बहसबाट टाढा बस्न चाहनुहुन्छ, उहाँलाई मैले राम्रोसँग चिनेको छु ।”

भारतमा आगामी मे महिनामा हुने केन्द्रीय निर्वाचन नजिकिँदै जाँदा प्रतिस्पर्धी दलमाथिको आरोप प्रत्यारोप बढ्न थालेको छ ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ८ : २९ बजे

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ कमर्स

कतारका राजाको स्वागतमा सिँगारियो काठमाडौं (तस्बिरहरू)

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका

ललितपुरको महांकालमा प्रज्ञा स्मृति भलिबल प्रतियोगिता हुने

प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा २२ देखि २५ वैशाख २०८१ मा

चीनमा पुलमा पानीजहाज ठोक्किएपछि चार जना बेपत्ता

गुआङझोउ– दक्षिण चीनको गुआङडोङ प्रान्तवको फोसान सहरमा सोमबार राति एउटा

दिलीपकी छोरी दिव्याको पहिलो फिल्म ‘एक्टर’ को शुभ मुहूर्त 

काठमाडौं– फिल्म ‘एक्टर’को शुभ मुहूर्त गरिएको छ । मंगलबार बिहान