तपाईं हातले खाना खान लाज मान्नु हुन्छ ? | Khabarhub Khabarhub

तपाईं हातले खाना खान लाज मान्नु हुन्छ ?


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


एजेन्सी- हिन्दूधर्मको वेदहरुका अनुसार हात सबैभन्दा महत्वपूर्ण अंग हो । यस्तै हातका प्रत्येक औँला पाँच तत्वको विस्तार हो । बुढी औँलाले अन्तरिक्षलाई बुझाउँछ । त्यस्तै चोर औँलाको साथ हावा (वायु) जोडिनेछ ।

माइली औँला (मध्य औँला) ले अग्नीलाई जनाउने छ । साइली औँलाले शुद्ध पानीलाई जनाउँने छ भने कान्छी औँलाले पृथ्वीको प्रतिनिधित्व गर्दछ । त्यसैले हातले खाना खाँदा यी पाँच तत्व उत्तेजित हुने गर्दछ । यस्तै पेटमा पाचन रसको उत्पादन गर्नमा पनि यसले मद्दत गर्दछ । हातले खाना खाँदा प्राप्त हुने फाइदाबारे जानकारी राखौँ ।

  • हातले खाना खाँदा तातो खानाका कारण मुख पोल्नबाट बचाउँनेछ । किन भने हातले खाना छुने बित्तिकै उक्त खाना कति तातो या चिसो छ भन्ने कुरा थाहा पाउन सकिने छ । तर चम्चाले खाना खाने हो भने तातो या चिसोबारे जानकारी लिन सकिँदैन । यसका साथै चम्चाको तापमान खानाको तापक्रम अनुसार बदलिने गर्दछ ।
  • हातले खाना खाँदा हातका औँलाहरु आपसमा मिलेर जुन मुद्रा बन्छ, त्यसले शरीरमा विशेष ऊर्जा उत्पन्न हुनेछ । र शरीर स्वास्थ रहनेछ ।
  • खाना खानु पहिले तथा खाइसकेपछि हात धुने क्रममा विशेष ध्यान दिन आवश्यक छ । चम्चाले खाना खानुभन्दा हातले खाना खाँदा         लाभदायक हुनेछ ।
  • हातले खाना खाँदा शरीरमा पञ्चतत्वहरुको सन्तुलन रहने छ ।
  • यसो गर्नाले हातको सञ्चालन अर्थात अभ्यास पनि हुनेछ ।
  • हातले खाना खाने हो भने टाइप २ डाइभिटिज (मधुमेह) बाट पनि टाढा रहन बल पुग्ने छ ।
  • हातले खाना खाँदा हात, मुख, पेट, आँत तथा मस्तिष्कको बीच एक सम्बन्ध बनाउँने छ । यसबाट शरीरको भित्री संकेतमार्फत खाना सजिलै पचाउने छ ।
  • शोधकर्ताहरुका अनुसार हातले खाना खाँदा राम्रोसँग पेट भरिनेछ । तृप्ति मिल्नेछ, यस्तै तौल घटाउनका लागि पनि हातले खाना खाए सहयोगी हुने छ ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ३ : ०७ बजे

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध

काठमाडौं– दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा

कोहलपुर-सुर्खेत प्रसारण लाइन : रूख कटान प्रक्रिया सुरु

काँक्रेविहार– कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य थालिएको

दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु

काठमाडौं– दक्षिण अफ्रिकाको उत्तरपूर्वी लिम्पोपो प्रान्तमा बिहीबार भएको बस दुर्घटनामा

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न त्रिविले बनायो उच्चस्तरीय समिति 

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको मानविकी तथा