असनवासीको चित्कार कसले सुन्ने ? | Khabarhub Khabarhub

असनवासीको चित्कार कसले सुन्ने ?


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- असनको वायुदेवता गुठी घर भोगचलन कसले गर्ने भन्ने विवादमा परेको छ । यो श्री ५ रणवहादुर शाहको पालाबाट शुरु भएको घटना हो । काठमाडौंको मुख्य केन्द्रका रुपमा रहेको असनको श्री ५ को वायुदेवता गुठी घर कसरी र कसले भोगचलन गर्ने भन्ने विवाद बढेको हो।

८ आना ३ दाममा वनेको घर सहितको चोक १४ घरपरिवारको गुजाराको आधार थियो । तालुकदार चौतारियाहरु २०३३ साल अघिनै खारेज भए । यो सँगै त्यही घरमा पसल राखेर घरव्यबहार चलाइरहेका उनीहरु तालुकदार खारेज भएपनि खुसी भएका थिए । दैनिकी गुजारा गर्न व्यापार नै उपयुक्त हुने उनीहरुको ठहर थियो ।

तर तत्कालीन लीलाविक्रम शाहले तालुकदार आफु रहेको दाबी गरे । शाहले छुट गुठीको नाममा नक्सानै पास गरेर ल्याएपछि समस्या आएको गुठी घरमा पसल चलाउने सञ्जीव बज्राचार्य भन्छन ।

यो भवमा पहिला दादुरा रोग लागेकालाई बस्ने व्यवस्था थियो । दादुरा पीडितकै लाग रणवहादुर शाहको पालामा यो घर बनाइएको थियो । दरवारमा कसैको मृत्यु भए उसको वायुशान्ति गर्ने तथा दरवारकै सुशारेहरुलाई राख्ने पनि गरिन्थ्यो ।

राजाका पालामा बनेको घरको समस्या गणतन्त्र आएसँगै समाप्त हुने अनुमान गरिएको थियो । तर, गणतन्त्रसँगै भवनको अधिकारका विषयमा विवाद बढेको छ । चौतारिहरुले नै भवन कब्जा गरेपछि समस्या बढेको हो ।

सर्वोच्च अदालत र गुठी संस्थानले घर खाली गर्न वडा नं २५ लाई सूचना पठाएको छ । यसले यही भवनबाट रोजिरोटीको जोहो गर्दै आएकालाई समस्या पर्ने बज्रचार्यले बताए ।

बज्राचार्य भन्छन-‘भूकम्पले जीर्ण भएका कारण भन्ने वहानामा बज्रयोगीनी सहकारीलाई २५ वर्ष भाडामा दिने योजना गरेछन ,हामी चै के गरेर गरी खाने । यो जनताको सरकार हाम्रो कुरा सुन्न तयार छैन ? ‘

राजा बीरेन्द्रले पनि हुकुमप्रमागीं गरी बसी आएकालाई मर्का नपर्ने गरी भूवहाल उठाई पूजाआजा गरी बॉकी रहेको शेषकसर बॉडीचुडी खानु भन्ने प्रमाण पनि यतिबेला आएर लत्याउने काम भएको उनको आरोप छ।

‘हाम्रो गरिखाने ठाउ हडप्ने काम हुदैछ , जनताको सरकार मौन छ हामीले गुहार कता माग्ने । यतिखेर घर खाली गर्न र छोड्न ताकेता छ हामी छोड्दैनौ जे परे पनि बेहोरौला,’ बज्राचायले भने ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  १२ : २४ बजे

पिसाब पोल्ने समस्या छ ? यी उपाय अपनाउनुस्

काठमाडौं– सामान्यतया कम पानी पिउने मानिसमा पिसाब पोल्ने समस्या बढी

भानुमा औद्योगिक ग्राम निर्माण गरिँदै

तनहुँ– तनहुँको भानु नगरपालिकामा औद्योगिक ग्राम निर्माणको प्रक्रिया सुरु भएको

तनहुँको पराशर मार्गमा कालोपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर मार्गमा पक्की

स्वरोजगार प्रवर्द्धन गर्न सिलाइ तालिम

गण्डकी– रोजगारीको खोजीमा युवा जमात विदेशिने क्रम बढिरहेका बेला पोखरा

कतारका अमिर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुँदै, विभिन्न सम्झौतामा हस्ताक्षरको तयारी

काठमाडौं– नेपालको दुई दिने भ्रमणमा आएका कतारका अमिर शेख तमिम