दिल्ली र हैदरावाद भिड्दै, सन्दीपको चर्चा सामाजिक सञ्जालमा | Khabarhub Khabarhub

दिल्ली र हैदरावाद भिड्दै, सन्दीपको चर्चा सामाजिक सञ्जालमा


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को इलिमिनेटर खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादविरुद्धको खेल आज (बुधबार) हुँदैछ । आन्द्रा प्रदेशस्थित विसाखापटनम रंगशालामा हुने खेलमा पराजित टोली आईपीएलको १२ औं संस्करणबाट बाहिरिने छ । यस्तै, विजयी टोलीले मे १० मा दोस्रो क्वालिफायर प्रवेश गरेको चेन्नई सुपर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ ।

समूह चरणमा एक खेल दिल्ली र एक खेल हैदरावादले जीतेका छन् । तर, ७ वर्षपछि पहिलो पटक इलिमिनेटरमा स्थान बनाएको दिल्ली हैदरावादको आईपीएल यात्रामा बिराम लगाउने लक्ष्यसहित मैदान उत्रिर्दै छ भने हैदरावाद पाहुना टोली दिल्लीलाई रोक्ने लक्ष्यमा छ ।

समान अंकसहित समूह चरणमा नेट रन रेटका आधारमा तेस्रो र चौथो स्थानमा रहेको दुवैै टोली जीत निकाल्दै दोस्रो क्वालिफायरमा चेन्नईविरुद्ध खेल्ने योजनामा छन् ।

यस्तै, नेपाली क्रिकेट प्रसंशकका लागि यो खेल पनि महत्वपूर्ण छ । नेपाली स्टार खेलाडी सन्दीप लामिछाने आवद्ध दिल्ली धेरै समयपछि प्लेअफमा पुग्दा त्यसको साँची बनेका सन्दीपले इलिमिनेटरमा स्थान पाउने सम्भावना कम छ । तर, पनि मंगलबार दिल्लीले सामाजिक सञ्जालमा उनको तस्विर राख्दै उनको प्रसंशा गरेपछि केही हदसम्म उनका प्रसंशकहरुमा खुसी देखिएको छ ।

यसअघि पनि दिल्लीले आफ्नो टिममा पर्ने खेलाडीहरुको प्राय सामाजिक सञ्जालमा तस्वीरहरु सार्वजनिक गर्दै प्रसंशकलाई उनीहरुको मूल्याङ्कन गराउँदै आएको छ । सन्दीपले अहिलेसम्म यो सिजनमा ६ खेल खेल्दै ८ विकेट लिएका छन् । जसमा उनले २३ ओभर बलिङ गर्दै २सय१० रन खर्चिएका छन् ।

यद्यपी दिल्लीले हैदरावादविरुद्ध अनुभवी खेलाडी अमित मिश्रलाई विश्राम दिएर अथवा अक्जर पटेललाई आराम दिएर उनलाई मैदान उतार्न पनि सक्छ । १२ खेल खेलेका पटेलले ९ विकेट लिएका छन् भने मिश्राले ९ खेलमा समान ९ विकेट नै लिएका छन् । खेलमा तर, पछिल्ला केही दिनको अभ्यास खेलमा राम्रो सुधार भएको अवस्थामा पनि दिल्लीले प्लेइङ–११ मा स्थान दिन सक्छ ।

दिल्लीको सम्भावित टोली

पृथ्वी श्वा, शिखर धवन, श्रयस अयर (कप्तान), रिसभ पन्त, इशान्त शर्मा, कोलिन इन्ग्राम, सेरफान रुर्थफोड, अजर पटेल, किम पाउल–क्रिस मोरिस, सन्दीप लामिछाने–अमित मिश्रा, ट्रेन्ट बोल्ट

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ७ : ४३ बजे

पिसाब पोल्ने समस्या छ ? यी उपाय अपनाउनुस्

काठमाडौं– सामान्यतया कम पानी पिउने मानिसमा पिसाब पोल्ने समस्या बढी

भानुमा औद्योगिक ग्राम निर्माण गरिँदै

तनहुँ– तनहुँको भानु नगरपालिकामा औद्योगिक ग्राम निर्माणको प्रक्रिया सुरु भएको

तनहुँको पराशर मार्गमा कालोपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर मार्गमा पक्की

स्वरोजगार प्रवर्द्धन गर्न सिलाइ तालिम

गण्डकी– रोजगारीको खोजीमा युवा जमात विदेशिने क्रम बढिरहेका बेला पोखरा

कतारका अमिर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुँदै, विभिन्न सम्झौतामा हस्ताक्षरको तयारी

काठमाडौं– नेपालको दुई दिने भ्रमणमा आएका कतारका अमिर शेख तमिम