एम्बुस थापेर ४ जना गाँजा तस्कर पक्राउ | Khabarhub Khabarhub

एम्बुस थापेर ४ जना गाँजा तस्कर पक्राउ


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान– प्रहरीले धरानमा एम्बुस थापेर अवैध गाँजाको कारोबार गर्ने चार जनालाई पक्राउ गरेको छ । विशेष सूचना पाएसँगै खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा तीन जना गाँजा ल्याउने र एक जना गाँजा किन्न ५० हजार नगद लिएर आएका मुख्य कारोबारी रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा स्कर्टिङ गरेर टेम्पोमा गाँजा ल्याउँदै गर्दा प्रहरीले धरानको शिवधाराबाट २० केजी गाँजा सहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

टेम्पोमा गाँजा लिएर आउँदै गरेको विशेष सूचना पाएपछि बीचबाटोमा प्रहरीले एम्बुस थापेर कारबाही अघि बढाएको थियो । सो क्रममा को १ ह ६२५० को अटो टेम्पुमा धनकुटाबाट विराटनगर लैजाँदै गरेको अवस्थामा प्रहरीको विशेष टोलीले गाँजा सहित कारोबारीलाई नियन्त्रणमा लिन सफल भएको हो ।

पक्राउ पर्नेमा धनकुटाको पाख्रिबास नगरपालिका ६ का ३५ वर्षीय नरबहादुर राई, खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिका १ का २३ वर्षीय आइते भन्ने मदन राई र शहीदभूमि गाउँपालिका ३ भइ हाल धरान १७ बस्ते २३ वर्षीय विजय राई रहेको ईलाका प्रहरी कार्यालय धरानका डीएसपी सुमन तिम्सिनाले जानकारी दिए । त्यसैगरी गाँजा किन्न आएका विराटनगर महानगरपालिका १५ का ३६ बर्षीय सुरजकुमार साह लाई पनि पक्राउ गरिएको उनले बताए ।

मोटरसाइकल पछाडि बसेका अर्का व्यक्ति भने फरार भएको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार लागुऔषध ओसारपसार तथा बिक्री वितरणमा कारबाही हुने डीएसपी तिम्सिनाले बताए ।

ऐनको परिच्छेद ३ को दफा १४ अनुसार १० केजी बढी लागुऔषध ओसारपासर गर्नेलाई २ देखि १० वर्ष कैद र १५ हजारदेखि १ लाखसम्म जरिवानाको व्यवस्था छ ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ८ : २८ बजे

सभामुख घिमिरे आज स्वदेश फर्किँदै 

काठमाडौं– जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १ सय

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार