अमेरिकी 'गृहमन्त्री' निल्सनले दिइन् पदबाट राजीनामा | Khabarhub Khabarhub

अमेरिकी ‘गृहमन्त्री’ निल्सनले दिइन् पदबाट राजीनामा


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


वासिङ्टन– अमेरिकी गृहमन्त्री (होमल्यान्ड सेक्युरिटी सचिव) कर्स्टजेन निल्सनले आइतबार आफ्नो पदबाट राजीनामा दिएकी छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यअमेरिकी राष्ट्रहरुबाट मेक्सिकोको सीमा हुँदै आप्रवासीको अमेरिका प्रवेशलाई रोक्न पर्याप्त कदम नचालेको भन्दै आलोचना गरेसँगै निल्सनले राजीनामा दिएकी बुझिएको छ ।

राष्ट्रपति ट्रम्पले पनि ट्वीट गर्दै निल्सनको राजीनामा स्वीकृत गरिएको बताएका छन् । ट्रम्पले गृह मन्त्रालयको जिम्मेवारी हाल अमेरिकी भन्सार तथा सीमा सुरक्षा आयुक्त केभिन म्याकअलीनानलाई दिएका छन् ।

म्याकअलीनान लामो समयदेखि अमेरिकी भन्सार तथा सीमा सुरक्षा विभागमा कार्यरत छन् ।

“जिम्मेवारीबाट बाहिरिने अहिले सबैभन्दा उत्तम समय हो भन्ने मैले ठानेकी छु,” निल्सनले आफ्नाे राजीनामा पत्रमा लेखेकी छन्, “अब नियुक्त हुने मन्त्रीलाई कङ्ग्रेसको पूर्ण समर्थन रहने र आप्रवासीका सम्बन्धमा देखिएका कानुनी जटिलताहरु फुक्दै जाने मैले विश्वास लिएकी छु ।”

 

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  १२ : ५८ बजे

संघीय संसदका ७ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद्अन्तर्गतका विभिन्न सातवटा संसदीय समितिका बैठक आज बस्दै

नेपाल प्रहरीका जोशी र ढकाल एआईजी बढुवामा सिफारिस

काठमाडौँ– नेपाल प्रहरीका दुई डीआईजी एआईजीमा सिफारिस भएका छन् ।

बास्केटबलमा एनबिए र सिकागो बुल्सको लोकप्रियता

‘सिकागो बुल्स’ खेलकुदको एउटा ब्रान्ड हो। सन् १९९० र सन्

मधेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

वीरगन्ज– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आजदेखि

काठमाडौँ– १४औँ राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता– २०८० आजदेखि सुरु