प्रादेशिक अस्पतालमा पहिलोपटक स्मार्ट ल्याब | Khabarhub Khabarhub

प्रादेशिक अस्पतालमा पहिलोपटक स्मार्ट ल्याब


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमही– दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रविधियुक्त प्रयोगशाला सञ्चालन हुने भएको छ । प्रविधियुक्त प्रयोगशाला सञ्चालनका लागि आवश्यक सामग्री खरीदकार्य भइरहेको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए ।

“हामीले तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा स्मार्ट ल्याव स्थापना गर्न लागेका छौँ”, उनले भने “त्यसका लागि सामग्री खरीद गर्न बोलपत्र आह्वान गरिएको छ ।”

करीब ३ करोड लागतमा प्रविधिमैत्री प्रयोशाला सञ्चालन हुन लागेको उनले बताए । ल्याबका  सबै काम कम्प्युटर प्रणालीबाट हुने उनको भनाइ छ । “हामीले तुलसीपुरलाई नेपालकै स्वास्थ्य नगरका रुपमा परिचित बनाउने योजना बनाएका छौँ”, उनले भने, “स्मार्ट ल्याव शुरु हुनेबित्तिकै अमेरिकालगायत ठूला देशमा गरिने ल्याव तुलसीपुरमै हुन्छ ।”

साथै उनले तुलसीपुरमा मोतियाविन्दुको समस्या निराकरण गर्ने योजनाअनुसार अघि बढेको बताए । “हामीले मोतियाविन्दुमुक्त तुलसीपुर बनाउन मुख्यमन्त्री, आँखा रोग विशेषज्ञ सन्दुक रुइतको हातबाट कार्यक्रम उद्घाटन गर्‍यौँ,” उनले भने।

साथै बिरामीका लागि ‘स्मार्ट हेल्थ कार्ड’ ल्याउने योजना रहेको बताइएको छ । उक्त कार्ड ल्याएपछि जुनकुनै अस्पतालमा बिरामी गएर उपचार गराए पनि त्यसको विगत उपचार तथा रोगको बारेमा जानकारी हुने खालको बिरामी कार्ड ल्याउने योजना बनाइएको छ ।

 

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  १२ : १६ बजे

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको

सुनिल पौडेललाई थुनामा राख्न आदेश

काठमाडौं- नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले

भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा

टक्सार– भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

सर्लाहीको हरिपूर्वामा आगोले जलेर चार घर नष्ट 

बरहथवा– सर्लाहीको हरिपूर्वा नगरपालिका–५ धोवीनियामाा आगलागी भएको छ । आगोले