पाक्नै लागेको गहुँबाली असिनाले नष्ट | Khabarhub Khabarhub

पाक्नै लागेको गहुँबाली असिनाले नष्ट


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम- विभिन्न स्थानमा परेको असिनाले हिउँदेबाली नष्ट गरेको छ । रुकुमका अधिकांश ठाउँमा दोस्रोपटक परेको असिनाले गहुँबाली, जौँबाली, तरकारीबाली र फलफूललाई ठूलो क्षति पुर्‍याएको छ ।

यस वर्ष समय-समयमा हिउँदे वर्षा हुँदा हिउँदे बालीको उत्पादनमा वृद्धि हुने आशामा बसेका किसान चिन्तित बनेका छन् । असिनाले गहुँबाली, जौँबाली, तरकारीबाली र फलफूलमा ठूलो क्षति पुर्‍याएको किसान टेकप्रसाद रोकाले बताए । ‘सिँचाइ सुविधा नभएको सबै ठाउँमा यस वर्षको वर्षाले गहुँ र जौँबाली राम्रो भएको थियो’, रोकाले भने, ‘खेतबारी नै सेताम्य हुने गरी असिना परेपछि सबै बाली सखाप बनाइदियो ।’ पाक्नै लागेको गहुँबाली र फुल्नै लागेका फलफूलमा असिनाले ठूलो क्षति पुर्‍याएको किसान बताउँछन् ।

फुल्दै गरेको सुन्तला, मौसम, कागती, आलुबखडा, नास्पातीलगायतका सबै फलफूलमा क्षति पुर्‍याएको छ । त्यसैगरी गहुँ पाक्नै लाग्दा असिना परेपछि उत्पादनमा कमी आउने भन्दै जिल्लावासी चिन्तित बनेका छन् । सिस्ने गाउँपालिका–५ का किसान प्रकाश विसी भन्छन्,”‘नखाऊँ भने दिनभरिको शिकार खाऊँ भने कान्छ बाबुको अनुहार’ भनेजस्तै पसिना बगाउँदै परिश्रम गर्‍यो, फल पाउने बेलामा सबै असिनाले लगिदियो ।” कृषिमै निर्भर रहेका जिल्लावासी चैतभित्र दुई पटक परेको असिनाले बालीनालीमा क्षति पुर्‍याउँदा निराश बनेका हुन् ।

जिल्लामा कूल क्षेत्रफलको ४ हजार २ सय हेक्टर क्षेत्रफल जमीनमा गहुँ उत्पादन हुँदै आएको छ भने सिस्ने गाउँपालिकाको ७ र ८ नं वडालाई सुन्तला पकेट क्षेत्र घोषणा गरिएको छ । तर यहाँका कुनै पनि किसानले बाली बीमा गरेका छैनन् । त्यसैले वर्षेनी विभिन्न कारणले बालीनालीमा क्षति पुगे पनि किसानले क्षतिपूर्ति पाउन सकेका छैनन् । किसानले बाली बीमा नगरेकै कारण क्षतिपूर्ति पाउन नसकेको कृषि शाखा कार्यालय रुकुमकोटले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ९ : ४४ बजे

सहसचिव शर्माको संयोजकत्वमा बजेट लेख्ने समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१ ०८२ को

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा

‘गृहमन्त्रीको हकमा प्रधानमन्त्रीलाई न्यायाधीश हुने अधिकार छैन’

माओवादी नेतृत्वको सरकारमा खम्बा भएर उभिएको नेपाली कांग्रेस अनपेक्षित घटनाक्रमले

यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन