म कांग्रेसको नेतृत्व गर्न तयार छु- रामशरण महत | Khabarhub Khabarhub

म कांग्रेसको नेतृत्व गर्न तयार छु- रामशरण महत



डा. रामशरण महत नेपाली कांग्रेसका प्रभावशाली नेता हुन् । देशमा सबैभन्दा धेरैपटक अर्थ मन्त्रालय सम्हालिसकेका डा. महत यतिबेला पार्टीको काममा व्यस्त छ । आगामी महाधिवेशनका लागि नेताहरुले जिल्ला दौडलाई तिब्रता दिइरहेका बेला डा. महत पनि यो दौडमा सहभागी छन् । उनै डा. महतसँग हामीले नेपाली कांग्रेसको आन्तरिक विवाद, सरकारका पछिल्ला गतिविधि, सरकारले आयोजना गरेको लगानी सम्मेलन आदी विषयमा कुराकानी गरेका छौं ।

हामीले सबैभन्दा पहिला चैतको दोस्रो साता सरकारले आयोजना गरेको लगानी सम्मेलन सफल भयो कि असफल भयो भनेर लगानी सम्मेलनका एक जना प्रमुख वक्ता समेत रहेका पूर्व अर्थमन्त्री एवं अर्थविद् डा. महतलाई प्रश्न गरेका छौं ।

उनको जवाफ यस्तो छ-इन्भेष्टमेन्ट समिटको बारेमा, प्रचारप्रसारका हिसाबले विश्वलाई लगानीकर्ताहरुलाई सम्भावित लगानीकर्तालाई जानकारी दिलाउने हिसाबले यो इन्भेष्टमेन्ट समिट सफल भयो । यसबाट जुन आकांक्ष जगाइएको थियो, ठूला लगानी आउँछ भनेर मैले पटकपटक भनिराथेँ समिट हुँदैमा लगानी तुरुन्त आइहाल्ने होइन । यसमा हाम्रो प्रशासन, व्यवस्था, संस्थागत क्षमता, देशभित्रको अवस्थामा सुधार गर्नुपर्छ । त्यो सुधार भएपछि लगानीहरु आउँदै जान्छन् । त्यसकारण सम्मेलन गर्दैमा तुरुन्त आइहाल्ने अवस्था हुदैँन ।

प्रचारप्रसारका हिसावले लगानी सम्मेलनले एउटा सकरात्मक प्रभाव परेको छ । त्यसकै आउटकमका हिसाबले परिणाम नै यति लगानी उठ्छ भन्ने सरकारले हल्ला गरेको थियो त्यो सफल भएको छैन । १६/१७ वटा प्रस्तावमा अहिले हस्ताक्षर भयो भनिएको छ । त्यो अधिकांश प्रस्ताव विगतकै हुन् ।

विगतमै सम्झौता भइसकेका योजनाहरु र कतिपय कार्यन्वयन भएका पनि सम्मेलनकै परिमाण हुन् भनेर सरकारले देखाउने प्रयास गरिरहेको छ । उदाहरणको लागिः अरुण तेस्रो योजना वर्षौ देखि सञ्चालनमा छ । निर्माण सुरु भइसकेको छ त्यसलाई नि लगानी सम्मेलनमा देखाइयो । त्यस्तै अपर त्रिशुली, कालीगण्डकी आयोजना त्यी सबै सम्मेलनमा देखाइयो । त्यसकारण लगानी सम्मेलनका परिणाम स्वरुप यी योजनाहरु आएका होइनन् ।

यस किसिमको गलत सन्देश जान लागेको छ । तर लगानी आउने भनेको विस्तारै विस्तारै आउने हो । त्यसमा देशभित्रकै स्थितीमा सुधार नआइकदेशमा शान्ति सुरक्षाको अवस्था कस्तो छ ? नियम कानुनको कार्यन्वयन विधिको अवस्था कस्तो छ ? प्रशासनिक क्षमता कस्तो छ ? विधि नियम कानुन अनुसार सबै सुविधाहरु लगानीकर्ताले पाउँछन् कि पाउदैनन् ? बजार तथा पूर्वाधार कस्तो छ ? यी सबै पक्षको राम्रोसँग नबुझि लगानीकर्ताले लगानी गर्दैनन् ।

लगानीको लागि वातावरण बनाउन सरकारले काम गरेर देखाउनुपर्‍यो । पहिलो कुरा पूर्वाधारमा सुधार गर्नुपर्‍यो । शान्ति सुरक्षाको वातावरण सिर्जना गराउनुपर्‍यो । त्यस्तै हिजोका दिनमा कानुनमा भएका नियमहरु कार्यन्वयनमा आएनन् । कार्यलय धेरै धाउनुपर्छ । भ्रष्ट्रचार व्यापाक छ भन्ने कुरा सुनिन्छ । त्यसलाई नियन्त्रण गर्नुपर्‍यो । त्यसकारण गुणात्मक सरकारमा सुधार नगरीकन लगानीको वातावरण बन्दैन । त्यसतर्फ सरकारले ध्यान दिनुपर्छ । सरकारले अहिले काममुखी भन्दा पनि प्रचारमुखी भएको छ । त्यसतर्फ सुधारको आवश्यकता छ ।

लगानी सम्मेलनको प्रसंगपछि हामीले डा. महतसँग नेपाली कांग्रेसभित्र देखिएको समस्याका बारेमा कुरा गरेका छौं । त्यसक्रममा हामीले डा महतलाई सोध्यौं

पछिल्लो समय नेपाली कांग्रेस नेताहरु बीचकै सम्बन्ध अलि गडबढ जस्तो देखिन्छ । महाधिवेशन आउन अझै २ वर्ष बाँकी होला तर अहिले नै महाधिवेशन लागेजस्तो देखिन्छ के भएको होला ?

वास्तवमा माहधिवेशन अब करिब १ वर्षमा हुनुपर्ने हो । तर अहिले सभापति जी तुरुन्त महाधिवेशन गर्ने तयारीमा हुनुहुन्न । १ वर्ष पर्खन सकिन्छ । महाधिवेशन हुन नसक्ने त्यस्तो संकटकालीन अवस्था पर्‍यो भने एक वर्ष बढाउन सकिने भन्ने व्यवस्था विधानमा छ । तर अहिलेको नेतृत्व खासगरी सभापति जी एउटा ‘एक्सकिउज’ बनाएर यसलाई लम्ब्याउने पक्षमा हुनुहुन्छ । त्यसकारण त्यसलाई पनि ध्यानमा राखेर अहिले विचार आदानप्रदान, भेटघाट भइरहेका होलान् । तर अहिले नै चाहिँ को लड्ने को नलड्ने भन्ने चर्चाको विषय बनिसकेको छैन । मानिसहरुले अनुमान गरेका होलान् ! त्यो फरक कुरा हो । अहिले नै भविष्य अर्थात् भोलिको चुनावको लागि तयार गरौँ भन्नु त स्वभाविक नै हो । सबैको चाहना हुनुसक्छ ।

कांग्रेसका बहुमत जिल्ला सभापतिहरुले भेला गरे । त्यसमा पार्टी सभापतिले असन्तुष्टि जनाउनु भयो नि !

सभापतिहरुको जो भेला हो त्यो उहाँहरुले अनौपचारिक भेला गर्नुभएको हो । त्यो स्वभाविक नै हो । किनभने उहाँहरुको पहिल्यैदेखि एउटा माग थियो । १ वर्षअघि नै सभापतिको एउटा भेला भएको थियो । महासमिति, महाप्रस्ताव ल्याउने शिलशिलामा विभिन्न ठाउँमा कार्यकर्ताहरुको जमघट तथा सुझावहरु संकलन गरिएको थियो ।

सबैको सुझाव र सभापतिहरुको सम्मेलन पनि के थियो भने केन्द्रिय समितिका जो सदस्यहरु हुनुहुन्छ ति पदेन महासमितिको सदस्य भए आउने होइन । उनीहरु पनि कार्यकर्ताको बीचमा भिज्नु पर्‍यो । त्यसकारण प्रारम्भिक कालदेखि ग्रामीण तहदेखि नै निर्वाचित भएर आएको खण्डमा चाहिँ केन्द्रिय नेताहरु पनि गाउँगाउँमा जानुपर्ने बाध्यताको स्थिती हुन्छ । त्यसकारण यो स्वतः महासमितिमा आउने व्यवस्था केन्द्रिय समितिका सदस्यहरुलाई यो व्यवस्था छ । यसलाई हटाइओस् भन्ने उहाँहरुको माग थियो । त्यो मागहरु उहाँहरुको मात्र होइन ।

विभिन्न स्थानमा सुझाव संकलन, विद्यान संशोधनको शिलशिलामा जहाँजहाँ सुझाव संकलन छलफलहरु भए । उनीहरुको सुझाव पनि त्यही थियो । त्यसपछि करिब २ महिनाअघि महासमितिको बैठक भयो । त्यसमा पनि सबैको सशक्त आवाज चाहिँ उही थियो । अर्को चाहि समानुपातिकमा जो निर्वाचित भएर आउँछन् कोटामा उनीहरुलाई एउटै व्यक्तिलाई दोहोराएर तेहराएर आउने कुरो होइन । उनीहरुलाई एक पटक आएपछि अरुलाई पनि मौका दिनुपर्छ । एउटै व्यक्तिलाई दोहोराइ तेहराई ल्याउने व्यवस्था बन्द गरिओस् भन्ने आवाज महासमितिमा, सभापतिहरुको सम्मेलन तथा विभिन्न भेलामा पनि सशक्त रुपले आएको हो ।

तर पनि महासमितिको बैठकमा पाटी सभापतिले नै भावनाको कदर गरेर हामी यो विधानलाई परिमार्जन गर्छौ भन्नुभयो । तर केन्द्रिय समितिमा आइसकेर छलफल गरिसकेपछि बहुमतको आधारले उहाँहरुले यो हुँदैन, परिवर्तन नगर्ने, यथास्थिती मै राख्ने भनेर भनेपछि हामी कतिपय सदस्यहरुले त्यसमा आपत्ति पनि जनायौँ । किनभने यो महासमितिको आवाज हो । सशक्त आवाजको विपरीत निर्णय गर्नु उचित होइन । यसले महासमितिलाई नै घोर अपमान गरेको पाइन्छ भनेर पनि भन्यौ । फेरि पुर्नविचार होस् भनेर सभापतिहरु अहिले आवाज उठाइरहनु भएको छ ।

तपाईले केही सोच बनाउनु भएको छ आगामी दिनका लागि ?

आत्मकेन्द्रित मान्छे होइन म । कतिपय चाहिँ आफैँ मै हुँ भन्दै हिँड्ने पनि छन् । यद्यपी धेरै साथीहरुले पनि मलाई भेट्छन् तपाईंले नै नेतृत्व लिनुपर्ने बेला भयो तपाईको पनि लामो इतिहास छ । योग्यता पनि छ । यी सबै कारणले तपाईजस्तै व्यक्तिले पाटीको नेतृत्व लिनुपर्छ भन्ने आग्रह पनि गरेका छन् । म भन्छु, म त्यसका लागि तयार छु । भोलि निर्वाचनको अवस्था आएको खण्डमा म लड् पनि तयार छु पाटी नेतृत्वमा । त्यसको लागि आफैँ लड्नुपर्छ भन्दै आफ्नै प्रचारप्रसार गर्दै हिँड्ने काम चाहिँ मेरो स्वभावले दिदैँन । तर कार्यकर्ताहरुको आवाज आएको र सबै जुटेको खण्डमा नेतृत्व गर्न तयार छु ।

चुनावपछि देशमा वामपन्थीको बहुमत छ । कांग्रेस प्रतिपक्षमा छ तर कांग्रेसले प्रतिपक्षको भूमिका सही रुपमा निर्वाह गर्न सकेको छैन जस्तो लाग्दैन तपाईंलाई ?

मूलकुरा कांग्रेसको जनधार त्यति खस्केको अवस्था म देख्दिँन । गाउँगाउँमा जाँदा पनि हाम्रो जनधार जस्ताको त्यस्तै छ । कतिपय कम्युनिस्ट पार्टीबाट नरुचाएर पनि कांग्रेसमा प्रवेश गर्ने लहर पनि ठाउँठाउँमा देखिरहेको छ । तर हाम्रो कमजोरी के भयो भन्दा पार्टीलाई एक शुत्रमा बाँधेर, एक बनाएर पार्टीभित्रको नेतृत्वको बीचमा एकता भएन भन्ने गुनासो छ । यो व्यवस्थापनको कमजोरी हो । गुटबन्दी बढी भयो । सभापति पक्ष एउटा छ ।

अरु पनि विभिन्न पक्ष छन् भन्ने बाहिर आइरहेको छ । त्यसकारण त्यसलाई हटाउने जिम्मेवारी चाहिँ सभापतिले नै गर्नुपर्छ । मैले पटकपटक सभापति ज्यूलाई नै आग्रह गरिरहेको छु । गुटबन्दीको कुरा भन्दा माथि उठेर काम गर्नुपर्छ सभापतिले नै । त्यसभन्दा माथि उठेर आचरण, व्यवहार गर्न थाल्नु भयो भने तपाइँकै आचरण बढ्दैं जान्छ र कार्यकर्ता पनि खुसी हुन्छन् । यही अवस्थामा खासगरी सरकारको खिलापमा प्रतिपक्षको सशक्त भूमिका खेल्नकै लागि पनि पार्टी एकता हुनु जरुरी छ । तपाईहरु पनि जो संसदमा हुनुहुन्छ उहाँहरुहरुले भूमिका अझ सशक्त गर्नुपर्‍यो भनेर मैले आग्रह गरेको छु । यसको सुरुवात नेतृत्वबाटै हुनुपर्छ ।

प्रधानमन्त्रीले एउटा कार्यक्रममा कांग्रेसलाई ‘कठै बरा’ भन्नु भयो । तपाईहरुबीचमा पनि एकता र हार्दीकता देखिएको छैन । जनवर्गिय संगठनहरु पनि ध्वस्त छन् । प्रजातन्त्रीक समूले नेपाल बारको चुनावमा पनि पराजयो व्यहोर्नु परेको छ, यी सबै घटनाक्रम हेर्दा तत्काल कांग्रेस उठ्ने अवस्था देखिन्छ ?

बारको निर्वाचनमा पार्टीले केही हस्तक्षेप गरेको छैन । बारका पहिलेका अध्यक्षमा चुनाव लडेका साथीहरु डिएलएका समूहलाई नै निर्णय गर्न दिएको हो । उनीहरुले जे निर्णय गरे त्यसैलाई गरेको हो । पार्टीको हस्तक्षेप गराएको होइन । आपसी साथीहरुले कतिले सहयोग गरेनन् भन्ने हल्ला पनि छ । केके कारणले पराजित हुनुपर्‍यो त्यो हाम्रो लागि दुर्भाग्यको कुरा हो ।

तर जहासम्म सशक्त भूमिका र पार्टीको कुरा छ त्यसमा चाहिँ पाटी सभापतिलाई नै हामी भन्दै छौँ । प्रतिपक्षीको सशक्त भूमिका राम्रोसँग खेल्नुपर्‍यो । जस्तो अहिले संवैधानिक परिषद्मै यसरी एकलौटी ढंगबाट निर्णय गर्न दिनु तपाइँहरुले संवैधानिक परिषद्को बैठकमै नजानु हो यो उचित भएन भनेर हामीले सभापतिलाई भनेका छौं । यसरी एकलौटी ढंगले सरकारले प्रतिपक्षको नेताको अनुपस्थितीमा यसप्रकारको निर्णय गर्नु उचित हुदैँन । यसमा तपाईहरुले किन सशक्त आवाज उठाउनु भएन ? किन तपाईहरु जानु भएन ? भन्ने कुराहरु हामी सभापतिलाई भन्दै छौँ ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ९ : ११ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका