एफए कप : उपाधि भिडन्तमा सिटी र वाटफोर्ड | Khabarhub Khabarhub

एफए कप : उपाधि भिडन्तमा सिटी र वाटफोर्ड


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वाटफोर्डका गेरार्ड ड्युलोफ्युले खेलको अतिरिक्त समयमा गोल गर्दै टिमलाई एफए कपको फाइनलमा पुर्‍याएका छन् । आइतबार राति भएको खेलमा वाटफोर्डले वोल्भरह्यामटोन वान्डेररर्सलाई ३—२ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनायो ।

ड्युलोफ्युले खेलको १०४ औं मिनेटमा गोल गर्दै टिमका लागि मत्वपूर्ण र व्यक्तिगत दोस्रो गोल गरे । यसअघि निर्धारित खेलको ९० मिनेटसम्म वाटफोर्ड र वोल्भरह्यामटनले २-२ गोल बराबरी खेलेपछि खेलमा ३० मिनेट थप गरिएको थियो ।

खेलको २६ औं मिनेटमा वोल्भरह्यामटोनका माट्ट दोहार्टीले टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० पछि परेको वाटफोर्डविरुद्ध खेलको ६३ औं मिनेटमा राउल जिमिनेजले गोल गर्दै टिमलाई दोहोरो अग्रता दिलाए ।

२-० गोलले पछि परेको वाटफोर्डलाई खेलमा फर्काउन ड्युलोफ्युले ७९ औं मिनेटमा पहिलो गोल फर्काएका थिए भने खेलको अतिरिक्त समयमा पाएको पेनाल्टीको सदुपयोग गर्दै टोरी डिन्नेले खेल २-२ को बराबरीमा पुर्याए ।

निर्धारित समयसम्म २—२ गोलको बराबरी भएपछि खेलमा ३० मिनेट थप गरीएको थियो । थप गरीएको समयमा गोल गर्दै ड्युलोफ्युले एफए कप उपाधिको लागि म्यान्चेस्टर सिटीसँग खेल्ने भएको छ । वाटफोर्डले यसअघि नै फाइनल प्रवेश गरीसकेको म्यान्चेस्टर सिटीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ७ : १० बजे

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने