ललिता निवास जग्गा हिनामिना : कहाँ छ मिसिल नम्बर १०२४ र १०२५ ? | Khabarhub Khabarhub

ललिता निवास जग्गा हिनामिना : कहाँ छ मिसिल नम्बर १०२४ र १०२५ ?


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललिता निवास क्याम्पअन्तर्गतको सरकारी जग्गा व्यक्तिको नाममा गराउँदा सरकारी अधिकारीहरुको मिलिमतोमा भूमाफियाले ११३ रोपनी जग्गा फिर्ता गर्ने क्रममा सो सम्बन्धी सम्पूर्ण मिसिल नै गायब पारेको पाइएको आजको राजधानी दैनिकमा समाचार छ ।

अवैध किसिमले जग्गा फिर्ता गर्ने गरी गरिएका निर्णय मिसिल नं. १०२४ र १०२५ मा समेटिएका थिए तर ती दुवै मिसिल सरकारी अधिकारीहरुको सहयोगमा भूमाफियाले कब्जामा लिएर गायब पारेको समाचारमा उल्लेख छ ।

त्यस्तै पत्रिकाले ढिलो फैसला लेखनले न्याय पाउन ढिलाई शीर्षकमा अर्को समाचार छापेको छ । ८ हजार मुद्दाको फैसला भयो तर जनताले अनुभूत गर्न नपाएको समाचारमा उल्लेख छ ।

सर्वोच्चसहित देशभरकार अदालतमा ८ हजार मुद्दाको फैसला लेख्न बाँकी रहेको देखिएको छ । जिल्ला, उच्च र सर्वोच्च अदालतमा पुगी टुंगिएका मुद्दा लेखन अझै टुंगोमा पुग्न सकेको छैन ।

फास्ट ट्र्याकबाट न्याय निदुपर्ने माग उठिरहेको अवस्थामा गरिएको फैसला लेख्नै ढिलाई हुँदा न्यायको आशामा बसेका पीडितहरुले न्याय पाएको अनुभूति गर्न नसकेको समाचारमा उल्लेख छ ।

त्यस्तै पत्रिकाले आगामी बजेट १५ अर्बको ल्याउने तयारी भएको उल्लेख गरेको छ । अर्थ मन्त्रालयले आव २०७६/०७७ को बजेट तयारीको काम तीव्र रुपमा अगाडि बढाएको छ । संवैधिानिक व्यवस्थाअनुसार सरकारले आगामी १५ जेठमा बजेट सार्वजनिक गरिसक्नुपर्ने हुन्छ ।

त्यस्तै पत्रिकाले कांग्रेसभित्रको किचलोलाई पनि पहिलो पृष्ठमा ‘पौडेल–सिटौला’ दूरी बढ्दै शीर्षकमा समाचार छापेको छ । पछिल्लो समय नेपाली कांग्रेसको कार्यसम्पादन समिति गठनमा देखिएको विादसँगै पार्टीभित्रै प्रतिपक्षका रुपमा रहेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको दूरी एकाएक बढेको समाचारमा उल्लेख छ ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ६ : २२ बजे

लागूऔषध विरुद्धको युद्धमा अन्तर्राष्ट्रिय सहयोग खोज्दै अफगानिस्तान

काठमाडौं– अफगानिस्तानको कार्यवाहक सरकारले अफगानिस्तानको उत्पादन र लागूऔषधमा यसको प्रशोधनलाई

कतारका राजाको भ्रमण : नेपाली मजदुरका विषयमा मौन

काठमाडौं- कतारका अमिर (राजा) शेख तामिम बिल हमाद अल थानी

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं- नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा

थोत्रे भ्यानमा वेस्ट इन्डिजका खेलाडीको लगेज, क्यानको आलोचना

नेपाली टोलीसँग खेल्नका लागि वेस्ट इन्डिज ‘ए’ टिमका खेलाडीहरू बुधबार

नेपाल चेम्बरको २४ वटा समितिको नेतृत्व चयन

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका विषयगत समितिहरूको नेतृत्व चयन भएको