एकीकरण प्रक्रिया: शीर्ष नेतालाई एक्लाएक्लै मनाउने प्रयासमा ओली–प्रचण्ड | Khabarhub Khabarhub

एकीकरण प्रक्रिया: शीर्ष नेतालाई एक्लाएक्लै मनाउने प्रयासमा ओली–प्रचण्ड


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्मचारी समायोजनको विरोधमा चिकित्सकले गरेको आन्दोलनका कारण सरकारी अस्पतालका आपत्कालीनबाहेक सवै सेवा बन्द छन् ।

अस्पतालको ओपीडी मात्र होइन, महिनौं अघि तय भएका अप्रेसन पनि रोकिएको आजको नयाँ पत्रिकामा समाचार छ । दिनमा ४५ हजार बिरामी आउने दशभरका सरकारी अस्पतालको बहिरंग सेवा तीन दिनदेखि अवरुद्ध रहेको छ ।

कर्मचारी समायोजनले ल्याएको चिकित्सा क्षेत्रका यी समस्याका विषयमा प्रधानमन्त्रीले मुख खोलेका छैनन्, स्वास्थ्य मन्त्रीले ने यो विषय आफूलाई जानकारी नभएको बताएका छन् ।

यता सरकारी चिकित्सक संघका अध्यक्ष दीपेन्द्र पाण्डले भने चिकित्सकलाई संघअन्तर्गत राख्ने निश्चित नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

बजेट खर्च गर्ने प्रणाली, विधि र क्षमता कमजोर भएको डा. युवाराज खतिवडाले बताएका छन् । नयाँ पत्रिकाको अर्को समाचार अनुसार दुई तिहाई बहुमतको सरकारले बनाएको पहिलो संघीय बजेट कार्यान्वयनमा विगतका कमजारी सुधार हुने  अपेक्षा कायमै रहे चालू आर्थिक वर्षको नौ महिना बित्नै लाग्दा बजेट खर्च ४५ प्रतिशतमात्र भएको उल्लेख छ ।

त्यस्तै पत्रिकाले ‘शीर्ष नेतालाई एक्लाएक्लै मनाउने प्रयासमा ओली–प्रचण्ड’ शीर्षकमा अर्को समाचार छापेको छ । एकीकरण प्रक्रिया ११ महिनासम्म अल्झिएपछि नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्लाको नेतृत्व टुंग्याउन सचिवालका शीर्ष नेताहरुसँग छुट्टाछुट्टै भेट शुरु गरेका छन् ।

आज छलफलका लागि माधवकुमार नेपाल र ईश्वर पोखरेललाई बोलाइएको समाचारमा उल्लेख छ । आइतबार सचिवालय सदस्य वामदेव गौतमसँग छलफल गरेका थिए ।

 

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ६ : ०४ बजे

एक जना मन्त्री सहित सरकार विस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल

कर्णाली– सत्ता साझेदार दलको समर्थनमा कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका यामलाल

विपक्षीले अपव्याख्या गरे, हाम्रो सरकार २०८४ सम्म जान्छ : खगराज अधिकारी

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेकपा (एमाले) बाट लाभका

उपनिर्वाचनको आज प्रचार प्रसारको अन्तिम दिन

इलाम– इलाम क्षेत्र नम्बर-२ मा वैशाख १५ मा हुने उपनिर्वाचनका

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित 

वासिङ्टन– अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल

नेपाल र कतारबीच विभिन्न ८ वटा समझदारीमा हस्ताक्षर

नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारी भएको छ