जनमत संग्रह गराउन सरकार सहमत भएको सीके राउतको दाबी | Khabarhub Khabarhub

जनमत संग्रह गराउन सरकार सहमत भएको सीके राउतको दाबी


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सरकारसँग पृथकतावाद त्याग्ने गरी शुक्रबार मात्रै ११ बुँदे  सहमति गरेका डा. सीके राउतले स्वतन्त्र मधेशका लागि जनमत संग्रह गर्न सरकार सहमत भएको  दाबी गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् – जनमत संग्रह गराउन सरकार सहमत !
स्वतन्त्र मधेश गठवन्धन को सवै मुद्दा फिर्ता हुने !

काठमाडौंमा आयोजित कार्यक्रममा स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतले राजनीतिक रुपमा देश निर्माणका लागि काम  गर्ने समेत प्रतिवद्धता व्यक्त गरेका छन् ।

११ बुँदे सहमति पत्र
२०७१ फागुन २४ गते सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यको विशेष उपस्थितिमा राष्ट्र्रिय सभागृह, काठमाण्डौमा आयोजित विशेष समारोहमा नेपाल सरकार र स्वतन्त्र मधेस गठवन्धनका वीचमा देहाय बमोजिमका सहमति भएको छ ।
१. संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक स्वततन्त्र नेपाल एक स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न, अविभाज्य राष्ट्र हो । नेपाल राष्ट्र्रको स्वतन्त्रता, स्वाधिनता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्न प्रत्येक नेपालीको कर्तव्य हो ।
२ हामी आफना राजनीतिक, सामाजिक, आर्थिक लगायतका उद्देश्यहरु प्राप्तिका निम्ति शान्तिपूर्ण एवं लोकतान्त्रिक बाटोबाट अघि बढ्नु पर्छ भन्ने मान्यतामा दढ छौं । नेपालको संविधानमा प्रयुक्त जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तराई–मधेस लगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिवाट समाधान गर्न सहमत भएका छौं ।
३. लोकतन्त्रमा मतभेदहरु हुन सक्छन् तर तिनीहरुप्रति राज्य, राजनीतिक दल र आम नागरिक सहिष्णु हुनुपर्छ र त्यस्ता मतभेदहरुको समाधान पनि लोकतान्त्रिक विधिबाटै गरिनु पर्दछ भन्ने मान्यतामा दृढ छौं ।
४ सामाजिक न्याय, समानता र सद्भाव हाम्रो साझा उद्देश्य हो । हामी तराई–मधेस लगायत समग्र राष्ट्र्रका जनतालाई राजनीतिक, आर्थिक तथा सामाजिक दृष्टिले अधिकार सम्पन्न तुल्याउन र तराई(मधेस लगायत समग्र देशको विकासलाई द्रुत गतिमा अघि बढाउन प्रतिवद्ध छौं । त्यसैगरी संविधान प्रदत्त नेपाली जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात गर्न र तराई–मधेस लगायत समग्र देशमा सुशासन कायम गर्दै समानता र समाजवाद तर्फ अग्रसर हुन प्रतिवद्ध छौं ।
५ स्वतन्त्र मधेस गठवन्धनका नेता तथा कार्यकर्ताहरु माथि लगाइएको राज्य विरुद्धको अपराध लगायत सम्पर्ण राजनीतिक मुद्दाहरु फिता लिईनेछ र हिरासत वा कारागारमा रहेका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई निर्शत रिहा गरिने छ ।
६ स्वतन्त्र मधेस गठवन्धन तथा यसका नेता–कार्यकर्ताद्वारा यस अघि तयार पारिएका र पहिले प्रचारमा गएका किताव, पर्चा(पम्पलेट, घोषणापत्र, गीत, नक्सा, नारा, झण्डा, अनलाइन सामाग्री आदिलाई भविष्यमा कारवाहीको विषय बनाईने छैन । आगामी दिनमा संविधानको व्यवस्था र यस सहमति प्रतिकूलका प्रचार सामाग्रीहरु उत्पादन तथा वितरण गरिने छैन ।
७ स्वतन्त्र मधेस गठवन्धनका नेता–कार्यकर्ता तथा समर्थकहरुलाई नेपालको संविधान प्रदत्त अधिकारको प्रयोग गर्दै नेपाल भित्र बसोबास गर्न, जीविकोपार्जन गर्न, संघसंस्था वा पार्टी खान वा संगठित भएर मूलधारको राजनीति गर्न कुनै किसिमको अवरोध खडा गरिने छैन र न्यता । या,लाप गरे वापत राज्यद्वारा कने प्रकारका कारबाही गरिने छैन ।
८. २०७५ भदौ १५ गते नेपाल प्रहरीको हिरासतमा मत्य भएका स्वतन्त्र मधेस गठवन्धनका बाँके जिल्ला संयोजक राममनोहर यादवको परिवारलाई राज्यको तर्फबाट उचित क्षतिपूर्तीका साथै परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गरिनेछ ।
९ स्वतन्त्र मधेस गठवन्धनको आयोजनामा सञ्चालित आन्दोलनका क्रममा घाईते भएकाहरुको उपचारको जिम्मा सरकारले लिनेछ ।
१० स्वतन्त्र मधेश गठवन्धनका नेता तथा कार्यकर्ताहरुमा रहेको ज्ञान, सीप र सामर्थ्यलाई तराईमधेस लगायत समग्र देशका जनता र राष्ट्र्रको शान्तिपूर्ण एवं लोकतान्त्रिक विकास र खुशहालीको लागि नयाँ उचाईका साथ सदुपयोग गर्ने र सरकारको तर्फबाट स्वतन्त्र मधेस गठवन्धनप्रति लोकतान्त्रिक राजनीतिक शक्तिको रुपमा व्यवहार गर्न सहमत भएका छौं ।
११. यो सहमति आजैका मितिवाट लागु हुनेछ ।
स्वतन्त्र मधेस गठवन्धनको प्रतिनिधि
चन्द्रकान्त (सि. के) राउत संयोजक २०७५ फागुन २४

 

 

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ७ : ४४ बजे

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने