चरा ठोक्किएपछि लडाकु विमान दुर्घटनाग्रस्त | Khabarhub Khabarhub

चरा ठोक्किएपछि लडाकु विमान दुर्घटनाग्रस्त


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आकाशमा चरासँग ठोकिएपछि भारतीय वायुसेनाको रुसमा निर्मित मिग २१ लडाकु विमान दुर्घटनाग्रस्त भएको छ ।

पाकिस्तानसँग सीमा जोडिएको राजस्थान राज्यको बिकानेर शहरनजिक चरासँग ठोक्किएर भारतीय वायुसेनाको मिग २१ लडाकु विमान दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनाग्रस्त लडाकु विमानका पाइलट भने सुरक्षित रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

नियमित हवाई गस्ती गर्ने क्रममा लडाकु विमानमा चरा आएर ठोक्किँदा दुर्घटनामा परेको बताइएको छ ।

पछिल्ला दुई सातायता भारत र पाकिस्तानबीच तनाव बढ्दै जाँदा दुबै मुलुकले हवाई गस्तीलाई तिब्रता दिएको बताइएको छ ।

त्यसअघि गत २७ फेब्रुअरीका दिन पाकिस्तानले भारतीय वायुसेनाको मिग २१ विमान खसालेको थियो ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले खसालिएको विमानका पाइलटलाई रिहा गरेपछि भारत र पाकिस्तानबीचको तनाव केही कम हुँदै आएको छ ।

 

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ४ : ०५ बजे

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार