‘चट्ट रुमाल’ पछि मेलिनाको गुनासो – ट्रेन्डिङ र भ्युजको प्रतिस्पर्धाले चपेटामा पारियो | Khabarhub Khabarhub

‘चट्ट रुमाल’ पछि मेलिनाको गुनासो – ट्रेन्डिङ र भ्युजको प्रतिस्पर्धाले चपेटामा पारियो


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही हप्ताअघि रिलिज भएको फिल्म ‘यात्रा’मा समावेश गीत ‘चट्ट रुमाल क्या मालुम’ लाई फाइनल नगरी अपलोड गरिएको भन्दै गायिका मेलिना राईले असहमति जनाएकी छिन् ।

पछिल्लो समय एकपछि अर्को चर्चित गीत दिएकी मेलिनाले फिल्म ‘आफ्नो मान्छे’ को रिमेक भर्जनमा स्वर दिएकी थिइन् । उनीसँगै धर्मेन्द्र सेवानको पनि गीतमा आवाज छ ।

मेलिनाले कुनै पनि गीत गायकले गाइसक्नुभएको र उही बेला ‘सुपरहिट’ भइसकेको गीतलाई रिमेक गरेर बजारमा ल्याउँदा ठूलो च्यालेञ्ज हुने तर निर्माण टिमका कारण फाइनल गीत अपलोड नगरिँदा गीतको मर्म बिग्रेको आरोप लगाइन् ।

‘पूरा मिहिनेत गर्न पछि परेका थिएनौँ, मैले दुईपटक भोकल गरेकी थिएँ, सुमन केसीले तीनपटक भोकल गर्नुभएको थियो, श्यामश्वेत दाइले तीनपटक मिक्सिङ गर्नुभयो,’ मेलिनाले फेसबूकमा लेखेकी छिन्, ‘त्यति धेरै तयार गरेर भएको फाइनल गीत नराखेर उही थोत्रे पुरानो नै राखियो, सयौँ अनुरोध गरियो फाइनल गीत रिप्लेस गरियोस् भनेर तर ट्रेन्डिङ र भ्युजको अस्वस्थ प्रतिस्पर्धाको चपेटामा हामी पनि परियो ।’

यो गीतलाई युट्युबमा रिलिज गरिएपछि फ्यानले गालीको वर्षा गरेका थिए । गीतले पुरानो गीतको मर्म बिगारेको र भिडियोको कोरियोग्राफी पनि झुर भएको फ्यानले समेत आरोप लगाएका छन् ।

यस्तो बेलामा कतिपयले भने मेलिनाले आफ्नो ‘बचाउ’ गर्न यस्तो स्टाटस लेखेको अनुमान गरेका छन् । पछिल्लो समय मेलिना राई सबैभन्दा लोकप्रिय गायिकामा गनिन्छिन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ३ : १९ बजे

युएईविरुद्ध नेपालको खराब सुरुवात, दुवै ओपनर आउट

काठमाडौं–  नेपालले युएईविरुद्धको खेलमा खराब सुरुवात गरेको छ । एसीसी

युएईविरुद्ध नेपालको खराब सुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३