'देश टुक्रयाउनुपर्छ' भन्ने सीके राउत को हुन् ? | Khabarhub Khabarhub

‘देश टुक्रयाउनुपर्छ’ भन्ने सीके राउत को हुन् ?


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेशलाई नेपालबाट टुक्रयाएर अलग राज्य बनाउनुपर्छ भन्ने अभियान चलाई रहेका सीके राउतसँग सरकारले ११ बुँदे सम्झौता गरेको छ ।

सम्झौतामा पृथकतावाद त्याग्ने घोषणा राउतले सरकारसँग गरेका छन् ।

मधेसलाई नेपालबाट टुक्राउनुपर्छ भन्ने अभियान नै चलाउने राउत को हुन् त ?

सप्तरीको महादेव गाउँमा जन्मिएका डा. चन्द्रकान्त राउत(सीके) अमेरिकामा वैज्ञानिकका रुपमा कार्यरत थिए ।

वैज्ञानिकको रुपमा रहेका राउत सन् २०११ को अन्त्यमा त्यहाँबाट राजीनामा दिएर राजनीति गर्नका लागि नेपाल फर्किएका थिए ।

उनले नेपाली युवा इन्जिनियर पुरस्कार, महेन्द्र विद्याभुषण लगायतका विभिन्न सम्मानसमेत प्राप्त गरेका छन् ।

राउतले ललितपुरको पुल्चोक क्याम्पसबाट इलेक्ट्रोनिक्स इन्जिनिररिङमा स्नातक गरेका छन् ।

अमेरिकामा रहँदा उनी गैरआवासीय मधेशी संघको संस्थापक अध्यक्ष बनेका थिए ।

जापान सरकारले दिने छात्रवृत्तिमा अध्ययन गर्न राउत जापान गएका थिए । उनले जापानमा मास्टर्स डिग्री पूरा गरेपछि बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधी गरेका थिए ।

राउतले आफ्ना आत्मकथा ‘बैरागदेखि बचाउसम्म’ पुस्तकमा रितिक रोशन काण्ड र इराकका आतंकवादीहरुले नेपालीहरुको हत्या गरेपछि काठमाडौमा भएको दंगालाई मधेसीमाथिको दमनको रुपमा लिएको उल्लखे गरेका छन् ।

अमेरिकाबाट नेपाल फर्किएपछि राउतले विखण्डनको पक्षमा बोल्न शुरु गरेका हुन् ।

स्वतन्त्र मधेर र अलग राज्यको माग उनले अघि सारे । विखण्डनको माग गर्दै हिँडेका राउत पटक पटक पक्राउ परेका थिए । उनीविरुद्ध राज्य विप्लवको मुद्दा दायर हुने गरेको थियो । राउतलाई पश्चिमा देशहरुले नेपाल विरुद्ध प्रयोग गरेको आरोप लाग्ने गरेको छ ।

सन् २००६ मा मधेस आन्दोलन शुरु हुँदा उनीसहितको समूहले स्वतन्त्र मधेशको अर्को कुनै विकल्प नभएको भन्दै ‘एलायन्स फर राइट्स एण्ड इन्डिपेन्डेन्स अफ मधेश’ को स्थापना गरेका थिए ।

उक्त गठबन्धनको मुख्य नारा नेपाली उपनिवेश र रंगभेदको अन्त्य, मधेशीको समोचित अधिकार र मधेशको स्वतन्त्रताको प्राप्ति र गणतान्त्रिक मधेशको स्थापना’ रहेको थियो ।
राउत नेतृत्वको समूहले आफ्नो छुट्टै झण्डा, मधेशको छुट्टै राष्ट्रियगान तयार गरेका थिए ।

विहीवार सर्वोच्च अदालतले राज्य विप्लवको मुद्दा खेपिरहेका सीके राउतलाई थुनामुक्त गर्न आदेश दिएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायधीश पुरुषोत्तम भण्डारीको इजलासले राउतलाई साधारण तारेखमा रिहा गरेर अनुसन्धान गर्न आदेश दिएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  २ : ०६ बजे

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार