अनियमितता छानबिनको बयान लिन अख्तियारले मन्त्रीलाई बोलाउला? | Khabarhub Khabarhub

अनियमितता छानबिनको बयान लिन अख्तियारले मन्त्रीलाई बोलाउला?


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समाजकल्याण परिषदमा भएका पछिल्ला अनियमितताबारे छानबिन थालेको छ । सरकारले केही समयअघि मात्रै समाजकल्याण परिषदमा भएको अनियमिततासम्बन्धी सबै फाइलसहितको सरकारी प्रतिवेदन अख्यिारलाई बुझाएको छ ।

सोही प्रतिवेदनका आधारमा छानबिन थालिएको अख्तियारले जनाएको छ । अख्तियारले समाजकल्याण परिषदका अध्यक्षसमेत रहेका तत्कालीन महिला, बालबालिका तथा समाजकल्याणमन्त्री विक्रमबहादुर थापा र आशा कोइरालामाथि समेत छानबिन गर्न सिफारिस गरेको थियो । उनीहरुलाई पनि अख्तियारको बयानका लागि बोलाउने तयारी गरेको राजधानीमा खबर छ ।

त्यस्तै चिकित्सक उत्पादन गर्ने शैक्षिक संस्थाहरु मफियाको चंगुलमा फस्दै गरेको पाइएको छ । एमबीबीएस अध्यापन गराउने देशभरिका अधिकांश निजी मेडिकल कलेजले मनपरी शुल्क असुलेको पुष्टि भएपछि उनीहरुको ठगी पर्दाफास भएको हो ।

निर्मला हत्या प्रकरणमा प्रहरीका पूर्वएसपीसहित ८ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । जनप्रतिनिधिकै घरमा अझै छाउपडी प्रथा कायम रहेको भन्दै संसदको महिला तथा सामाजिक संसदीय समितिले सरकारलाई छाउपडी उन्मूलन गर्न निर्देशन दिएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ६ : ४८ बजे

कुन भिटामिनको कमीले अत्यधिक निद्रा लाग्छ ?

 शरीरमा भिटामिन र मिनरल्सको उचित सन्तुलन नहुँदा यसले सम्पूर्ण शरीरमा

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा

एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएईविरुद्ध भिड्दै नेपाल

काठमाडौं – एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दैछ।

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार