काठमाडौं उपत्यका विकास प्राधिकरणमा ७ दिने सीप विकास तालिम | Khabarhub Khabarhub

काठमाडौं उपत्यका विकास प्राधिकरणमा ७ दिने सीप विकास तालिम


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यका विकास प्राधिकरणमा ७ दिने सीप विकास तथा क्षमता अभिवृद्धि तालिम आइतबारबाट शुरु भएको छ ।

प्राधिकरणमा कार्यरत सहायक स्तरका कर्मचारीहरुलाई दिइने सो तालिम मंसिर २२ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने तालिम व्यवस्थापन समूहका संयोजक उप–प्रशासकीय अधिकृत शुभाषचन्द्र अर्यालले बताए ।

तालिममा प्राधिकरण र प्राधिकरण अन्तर्गतका जिल्ला कार्यालयहरुमा कार्यरत ५८ जना सहायकस्तरका कर्मचारीहरु सहभागी रहेका छन ।
१४ वटा सत्रमा विभाजन गरिएको तालिमलाई १० जना प्रशिक्षकहरुले प्रशिक्षण दिने व्यवस्था मिलाइएको संयोजक अर्यालले बताए ।

प्राधिकरणको आफ्नै भवन अनामनगरमा चलेको तालिमको व्यवस्थापन उप–प्रकाशकीय अधिकृत शुभाषचन्द्र अर्याल, सहायक प्रकाशकीय अधिकृत सन्तोषी सापकोटा र कविता भट्टराईले गरेका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ६ : ०८ बजे

हार्दिक पाण्डेयलाई १२ लाख जरिवाना

काठमाडौं- आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यलाई १२ लाख

तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र

तनहुँ– गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक

काठेखोलामा आधारभूत अस्पताल निर्माण हुँदै

ढोरपाटन– बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको

तातोपानी भन्सारबाट रासायनिक मल काठमाडौँ ढुवानी

चौतारा– चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ

भारतीय चुनाव : मोदी सरकारका ८ मन्त्रीको परीक्षा

भारतमा मतदानका लागि लामवद्ध मतदाता । तस्बिर स्रोत : आजतक