आईसीयू ‘बेड चार्ज’ काठमाडौंका कुन अस्पतालमा कति ? | Khabarhub Khabarhub

आईसीयू ‘बेड चार्ज’ काठमाडौंका कुन अस्पतालमा कति ?


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

गम्भीर प्रकृतिका रोग लागेमा बिरामीहरुलाई सघन उपचार कक्ष (आईसीयू) तथा सीसीयूमा राखेर उपचार गरिन्छ ।

यसरी बिरामीलाई आईसीयू र सीसीयूमा राखेर उपचार गर्दा लाग्ने ‘बेड चार्ज’ अस्पतालपिच्छे फरक–फरक हुने गर्दा बिरामीहरुले चर्को शुल्क तिर्नुपर्ने अवस्था विद्यमान छ ।

सरकारी अस्पतालमा आइ.सी.यू शुल्क प्रतिदिन १ हजार देखि ३ हजार रुपैयाँसम्म रहेको छ । निजी अस्पतालले ८ हजार ५ सयदेखि २१ हजारसम्म लिने गरेका छन् ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५६ औं वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार सरकारी अस्पतालमा सामान्य बेड निःशुल्क वा २ सय रुपैयाँसम्म पर्ने गरेको छ । तर निजी क्षेत्रका अस्पतालले प्रति बेड १ हजार ५ सय रुपैंयासम्म लिने गरेको पाइएको छ ।

सरकारी तथा निजी अस्पतालका सञ्चालक समितिले आईसीयूको रकम निधारण गर्ने गरेको महालेखा परीक्षक कार्यालयका प्रवक्ता विष्णुप्रसाद रिजालले बताए ।

समितिले आईसीयूूको रकम निर्धारण गर्दा सरकारी तथा निजी अस्पतालको आईसीयू बेडमा बस्ने बिरामीले तिर्ने रकमका आधारमा निर्धारण गर्ने हुँदा शूल्क पनि फरक–फरक पर्ने प्रवक्ता रिजालले बताए ।

उनले भने, ‘अस्पतालले आफ्नो अस्पतालको आर्थिक अवस्था हेरेर मुल्य तोक्छ । समितिले तोकेको मूल्यलाई अस्पतालले कर्यान्वन गर्ने गर्दछ । समितिको सिफारिशमा रकम वार्षिक रुपमा हेरफर हुन्छ । समितिले नै आईसीयूको रकमको अनुगमन गर्दै आएको छ ।’

स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका, २०७० को बुँदा नं. ३० मा निजी स्तरमा सञ्चालन हुने स्वास्थ्य संस्थाले लिने सेवाशुल्क निर्धारण गर्नुपर्ने उल्लेख छ ।

सरकारी र निजी अस्पतालले प्रदान गर्ने सेवाको सुविधा र शुल्क सम्बन्धी मापदण्ड निर्धारणमा ढिलाई हुँदा बिरामीहरु मर्कामा पर्ने गरेका छन् ।

आईसीयू बेड चार्जको मूल्यको बारेमा जनाकारी नहुँदा मानिसहरु हतारमा लाखौं रुपैयाँ खर्च गर्न बाध्य हुन्छन् । आफ्नो क्षमता अनुसार अस्पतालको शुल्क नहुँदा सवधारण मर्कामा पर्ने गरेका छन् ।

सरकारी अस्पातको आईसीयू बेड चार्ज

उपलब्ध सेवा सुविधाका आधारमा उपत्यकामा रहेका सरकारी अस्पतालहरुमै पनि आईसीयू बेड चार्ज समेत फरक फरक रहेको पाइन्छ ।

सरकारी अस्पतालमा तुलनात्मक रुपमा महाराजगञ्जस्थित टिचिङ अस्पतालमा आईसीयू सेवा सबैभन्दा सस्तो रहेको पाइएको छ । उक्त अस्पतालमा आईसीयू सेवाको प्रति दिन बेड चार्ज १७ सय रुपैंयाँ र अस्पतालले डिपोजिट रकम १५ हजार रुपैंया तोकेको छ । आर्थिक स्थिति कमजोर भएकालाई अस्पतालले ३ हजार रुपैयाँ मात्र लिने गरेको छ ।

बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्र अस्पतालले पनि सस्तो रकममा सेवा दिदै आएको छ । अस्पतालमा आईसीयू सेवा प्रति दिन बेड चार्ज २ हजार र शुरुमा डिपोजिटको रुपमा २० हजार रकम बझाउनु पर्दछ ।

वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा आईसीयू सेवाको प्रति दिन बेड चार्ज ३ हजार रुपैयाँ तोकिएको छ । वीर अस्पतालले डिपोजिट रकम १० हजार र ट्रमाले २१ हजार लिने गरेको छ ।

पाटन अस्पतालले आईसीयू सेवाको प्रतिदिन बेड चार्ज ३ हजार ५ सय रुपैंयाँ र डिपोजिट रकम १५ हजार तोकेको छ ।

निजी अस्पातलको आईसीयू बेड चार्ज

उपत्यकामा सयौंको संंख्यामा निजी अस्पतालहरु छन् । निजी अस्पतालहरुले दिँदै आएको आईसीयू सेवा बेड चार्ज रकममा पनि फरक फरक रहेको पाइन्छ । निजी अस्पतालमा तुलनात्मक रुपमा धापाखेलस्थित सुमेरु अस्पतालमा आईसीयू सेवाको प्रति दिन बेड चार्ज सबैभन्दा सस्तो रहेको छ ।

अस्पतालले आईसीयू र सीसीयू बेड चार्ज २४ घण्टाको ६ हजार रुपैयाँ तोकेको छ । यदि बिरामीलाई ३ घण्टा मात्रै आईसीयूमा राखिएमा उसले ३ घण्टाको रकम स्वरुप सात सय पचास मात्र तिर्नुपर्ने हुन्छ । अस्पतालले एनआईसीयू अर्थात १४ वर्षभन्दा कम उमेरको बालबालिकाको लागि २४ घण्टाको ३ हजार १ सय ५० तोकेको छ ।

जावलाखेलस्थित अल्का अस्पतालमा आईसीयू सेवाको प्रति दिन बेड चार्ज ४ हजार ५ सय रहेको छ । पुल्चोकस्थित निदान अस्पतालले आईसीयूको प्रति दिन बेड चार्ज ६ हजार ५ सय तोकेको छ । धापासीस्थित ग्राण्डी अस्पतालले आईसीयूको प्रति दिन बेड चार्ज १० हजार रुपैंया तोकेको छ ।

स्वास्थ्य सेवा सञ्चालन गर्न अनुमति प्राप्त संस्थाहरूले दिने गरेको सेवाका विषयमा अनुगमन गर्न मन्त्रालय, विभाग, क्षेत्र र जिल्लास्तरीय अनुगमन समितिको व्यवस्था छ ।

तर, ती निकायले अनुमगन गरी गुणस्तरीय एवं मापदण्डअनुसारको सेवा दिए–नदिएको सुनिश्चित गरेका छैनन् । नियमन गर्ने निकाय गम्भीर नबन्दा निजी स्वास्थ्य संस्थाले विभिन्न अतिरिक्त शुल्कका नाममा बिरामी ठगिरहेका छन् ।

गेट पास चार्ज, अप्रेसन चार्ज, प्रक्रिया चार्ज, बिरामी कुरुवा चार्ज, प्रशासनिक, डाक्टर, नर्सिङ, सर्जरी चार्ज, उपकरण चार्ज, ल्याबलगायत विभिन्न शीर्षकमा समेत बिरामीसँग रकम असुल्ने गरेका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ५ : ३५ बजे

सहसचिव शर्माको संयोजकत्वमा बजेट लेख्ने समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१ ०८२ को

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा

‘गृहमन्त्रीको हकमा प्रधानमन्त्रीलाई न्यायाधीश हुने अधिकार छैन’

माओवादी नेतृत्वको सरकारमा खम्बा भएर उभिएको नेपाली कांग्रेस अनपेक्षित घटनाक्रमले

यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन