लागू औषध बनाउने रसायनसहित काठमाडौंबाट चिनियाँ नागरिक पक्राउ | Khabarhub Khabarhub

लागू औषध बनाउने रसायनसहित काठमाडौंबाट चिनियाँ नागरिक पक्राउ


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लागू औषध बनाउन प्रयोग हुने रसायन इफेड्रिनसहित १ चिनियाँ नागरिक पक्राउ परेका छन् ।

प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौंबाट जहाजमार्फत (कार्गोका रुपमा) पठाउन न्युजिल्याण्ड पठाउन लागिएको ४ किलो २ सय ग्राम इफेड्रिनसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ई ७३९०५८३७ नम्बरको राहदानी वाहक ३१ वर्षी झ्याङ चाउ छन् ।

उनले चीनबाट नेपाल पु¥याएको उक्त रसायनको चीनमा नेपाली मूल्य २ लाख २५ हजार पर्ने जनाइएको छ । न्युजिल्याण्डमा भने उक्त रसायन नेपाली मूल्य ५० लाखसम्ममा बिक्री हुने गरेको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

पक्राउ परेका चिनियाँविरुद्ध लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको ब्यूरोले जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ५ : १३ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको