पहिलोपटक सागको फाइनलमा पुगेको टोलीलाई भुटानी प्रधानमन्त्रीले दिए शुभकामना | Khabarhub Khabarhub

पहिलोपटक सागको फाइनलमा पुगेको टोलीलाई भुटानी प्रधानमन्त्रीले दिए शुभकामना


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण एसियाली खेलकुद सागको इतिहासमा पहिलो पटक फाइनल पुगेको फुटबल टोलीलाई भुटानी प्रधानमन्त्री डा लोते छिरिङले बधाई दिएका छन् ।

शनिबार भएको श्रीलंकाविरुद्धको खेलमा भुटानले ३–० गोल अन्तरले बिजयी हुँदै पहिलो पटक सागको फाइनलमा स्थान बनाउन सफल भएको थियो ।

प्रधानमन्त्री छिरिङले भुटानालई अन्डरडग टोलीभन्दै अहिले पाएको सफलताले भुटानको फुटबलमा नयाँ आशा दिलाएको बताएका छन् ।
‘अन्डरडगका रुपमा अहिलेको सफलता हाम्रा लागि अपेक्षाभन्दा ठूलो कुरा हो । हाम्रा खेलाडीहरु सागको फाइनलमा पुगेका छन्,’ उनले भने,‘यसले नयाँ सुरवात र आशा बढेको छ ।’

खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई धन्यवाद भन्दै फाइनलमा राम्रो खेल्न उनले शुभकामना दिएका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  २ : २६ बजे

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या