वर्षौ अन्तर्राष्ट्रिय खेल नहुँदा पनि घटेन फूटबल क्रेज ! | Khabarhub Khabarhub

वर्षौ अन्तर्राष्ट्रिय खेल नहुँदा पनि घटेन फूटबल क्रेज !

दशरथ रंगाशालाले थेग्न सकेन घरेलु दर्शकको चाप



काठमाडौं – २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भुकम्पले क्षति पुर्‍याएको दशरथ रंगशालामा यतिबेला रमझम छ । भुकम्पले खण्डहरमा परिणत भएको रंगशालालाई १३ औं सागका दौरानमा दुलही झै सिंगारियो ।

झण्डै ५ वर्षसम्म आम सर्वसाधारण र खेलाडीले हेर्न नपाएको रंगशाला अहिले दक्षिण एसियाको आकर्षण भएको छ । कारण, सागको उद्घाटनदेखि समापनसम्म र विभिन्न खेलकुद प्रतियोगिता यही रंगशालामा जारी छ ।

अन्य प्रतियोगितामा भन्दा फूटबलमा दशरथ रंगशालाले दर्शकको साथ पाउँछ । शनिबार नेपाल र माल्दिभ्सबीचको खेल जारी रहँदा नेपाली दर्शकका लागि रंगशाला सानो भयो ।

खेल हेर्न जानेले टिकट पाएनन् । टिकट पाउनेले भनेजसरी बसेर हेर्ने अवस्था भएन । खचाखच भयो रंगशाला । धेरै खेलप्रेमीले शनिबारको खेल त्रिपुरेश्वर चोकमै रहेको ‘वल्ड ट्रेड सेन्टर’ अगाडिको स्क्रिनबाट हेरे ।

सागको सातौं दिन अर्थात हिजो (शनिबार) दशरथ रंगशालाले आफ्ना पुराना समर्थक पायो । युवा खेलाडीले आफुलाई चिनाउन पाए ।

सागमा खेलिरहेका राष्ट्रिय यु–२३ का खेलाडीहरु पछिल्ला बर्षहरुमा राष्ट्रिय टोलीमा परेका खेलाडी हुन् । उनीहरुले समर्थकको बाक्लो उपस्थितीमा खेल्ने अवसर पाएका थिएनन् । आफुलाई समर्थकमाझ प्रमाणित गर्न पाएका थिएनन्, त्यो नहुनुका पछाडि आउँछ खेलाडीले आफ्नो खेल देखाउने मैदानै पाएका थिएनन् ।

नेपालको एकमात्रै अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशाला पुनर्निर्माणको क्रममा रहँदा नयाँ आएका खेलाडीसँग दशरथ रंगशालामा खेलेको अनुभवै थिएन् ।

त्यसैले त, नेपाली राष्ट्रिय टोलीका अनुभवी खेलाडी विकेश कुथुले दशरथ रंगशालामा भरिभराउ समर्थकबीच खेल्ने सपना पुरा भएको बताएका छन् ।

उनले मात्रै होइन नेपालका युवा स्टार अभिषेक रिजालले पनि दशरथ रंगशालामा ‘ठूलो’ भिडमा खेल्ने सपना बाँकी रहेको सुनाएका थिए । तर, शनिबार माल्दिभ्सविरुद्ध १–० पछि रहेको नेपालका लागि अभिषेकले गोल गर्दा समर्थकले अभिषेक…. अभिषेक भन्दै उनको हुटिङ गरेका थिए ।

उनले दशरथ रंगशालामा खेल्ने सपना पुरा भएको बताएका छन् । ‘दशरथ रंगशालामा खेल्ने सपना पुरा भएको छ,’ उनले भने ।

पछिल्ला ४ बर्षमा नेपालमा फूटबलका कुनै पनि किसिमका अन्तर्राष्ट्रिय प्रतियोगिता हुन सकेनन् । यसका पछाडि कारण तमाम् होलान् तर, पहिलो र सबैले देख्ने कारण रंगशाला नहुनु नै हो ।

खेलाडीका लागि मैदान सबैभन्दा प्यारो ठाउँ हो । तर, त्यहिँ मैदान नहुँदा ४ बर्ष नेपाली खेलाडीले पनि घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्न पाएनन् । राष्ट्रिय फूटबल टोलीका कप्तान विराज महर्जनले त, दशरथ रंगशाला फूटबलरका लागि मन्दिर भएको प्रतिक्रिया दिइसकेका छन् ।

अखिल नेपाल फूटबल संघ (एन्फा) आफै पनि व्यवस्थित तरिकाले अगाडि बढ्न नसक्दा लामो समय नेपाली फूटबल अलमलमा पर्‍यो। त्यतिमात्रै होइन्, पछिल्लो समय नेपालमा फूटबल प्रतिको रुचि घट्दोक्रममा छ भन्ने हल्ला पनि नभएका होइनन् ।

साग अन्तर्गत पुरुष फूटबलमा ओर्लिएको दर्शकको भिडले नेपाली समाजमा फूटबलको मोह कम नभएको प्रष्ट पारेको छ ।

नेपाली फूटबलका विश्लेषक सञ्जीव मिश्रले नेपालमा फूटबल प्रतिको मोह अझै जीवित रहेको भन्ने कुरा शनिबारको दशरथ रंगशालामा उपस्थित दशर्कले प्रमाणित गरेको बताउँछन् ।

‘शनिबारको दर्शकको साथ नेपाली फूटबलको समर्थनको वास्तविक चित्रण हो । नेपाल खेल्दा यसअघि पनि यस्तै क्राउड हुने गथ्र्यो,’ उनले भने, ‘यो यु–२३ को खेल हो । अब विश्वकप छनोट अन्तर्गत अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेइसँग खेल्दा पनि यस्तै भीड हुन्छ ।’

भुकम्पले क्षति पुर्‍याएपछि ‘रेनोभेट’ गरिएको दशरथ रंगशालामा ११ हजार सिट जनरल प्यारापिटमा छन् भने ५ हजार सिट भिआईपी प्यारापिटमा रहेको राखेपको तथ्याङका छ ।

तर, फूटबल विश्लेषक मिश्र नेपालमा अहिले बनाइएको आधुनिक जस्तो देखिने रंगशाला पनि काठमाडौंका लागि साघुँरो हुने बताउँछन् ।

‘अहिले काठमाडौंमा १५ हजार सिट क्षमताको रंगशालाले पुगेन भन्ने पनि प्रष्ट पारेको छ । काठमाडौंमा कम्तिमा पनि ५० हजार सिट क्षमताको रंगशाला आवश्यक रहेको पनि देखाउँछ,’ मिश्रले भने ।

अघिल्लो बर्ष भएको शहीद स्मारक ए डिभिजन लिगले नेपाली दर्शक तान्न सकेन । त्यतिमात्रै होइन, फूटबलको माहोलै बनाउन सकेन । अब यतिबेला साग चलिहरँदा उर्लिएको भीड मंसिर २८ गतेदेखि शुरु हुने ए डिभिजन लिगले तान्न सक्छ कि सक्दैन भन्ने शंका धेरैको छ ।

कुनै समय ए डिभिजन लिगका शीर्ष क्लबबीचको खेलका लागि प्रत्येक्ष खेल हेर्न घण्टौ लाइन बसेर पनि मान्छेहरु तयार हुन्थे । तर, अघिल्लो बर्ष सातदोबाटो एपीएफको मैदानमा भएको लिगले दर्शक तान्न सकेन । यो बर्षको ए डिभिजन लिगले कत्तिको माहोल बनाउला भन्ने उत्तरका लागि केही समय कुर्नै पर्छ ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  १ : ४२ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको