मेसीको कीर्तिमानी ह्याट्रिक, रोनाल्डोको रेकर्ड तोडे | Khabarhub Khabarhub

मेसीको कीर्तिमानी ह्याट्रिक, रोनाल्डोको रेकर्ड तोडे


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी — लियोनल मेसीको कीर्तिमानी ह्याट्रिकको मद्दतले बार्सिलोनाले शनिबार राति स्पेनी ला लिगामा रियल मार्लोकालाई ५–२ ले हरायो र उपाधि होडमा कायम रह्यो ।

गत हप्ता मात्र कीर्तिमान छैटौं बेलन डे अर जितेका अर्जेन्टिनी खेलाडीको यो ३५ औं तीन गोलको उपलब्धि हो र यसक्रममा उनले क्रिस्टियानो रोनाल्डोको नाममा रहेको ३४ औं ला लिगा ह्याट्रिकलाई उछिनेका छन् ।

खेलमा अग्रता बार्सिलोनाले सातौ मिनेटमा एन्टोनी ग्रिजम्यानको गोलबाट लिएको थियो ।

भर्खरै बालेन डी ओर जितेका मेस्सीले १७ औ मिनेटमा बार्साको अग्रता दोब्बर बनाए ।

मलोर्काका बुदिमिर ३५ औ मिनेटमा पाहुना टोलीलाई खेलमा फर्काउने कोशिश गरेका थिए ।

तर मेस्सीले ४१ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३–१ ले अघि बढाए । त्यसको दुई मिनेटपछि लुईस स्वारेजले बार्सिलोनाका लागि चौथो गोल गरे ।

बुदिमिरले ६४ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनसंगको अंक दुरी घटाउने प्रयास गरेका थिए । तर ८३ औ मिनेटमा मेस्सीले ह्याट्रिक पुरा गर्दै बार्सिलोनालाई शानदार जित दिलाए ।

बार्सिलोना १५ खेलबाट ३४ अंक सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

समान अंक भएपनि गोल अन्तरका आधारमा बार्सिलोनाले रियल मड्रिडलाई उछिनेको छ । मलोर्का १४ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थानमाथि छ ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ११ : २४ बजे

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौं– नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको

कोशीमा मुख्यमन्त्री केदारकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन कांग्रेसको माग 

काठमाडौं– नेपाली कांग्रेसका सांसद विनोद राईले कोशी प्रदेशका मुख्यमन्त्री केदार

सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद हसिना खानले