सपना अमेरिका र क्यानडाको, बास जेलको‍ ! | Khabarhub Khabarhub

सपना अमेरिका र क्यानडाको, बास जेलको‍ !


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली युवा रोजगारीका लागि युरोपका देश, क्यानडा र अमेरिका जाने मोह बढ्दो छ । विभिन्न म्यानपावर तथा एजेन्टले युरोपका देश, क्यानडा र अमेरिका रोजगारीमा पुराइदिने आश्वासन दिने गर्छन । यही आश्वासनमा पर्ने युवा ठगिने गरेका छन् ।

युरोपका देशमा पनि पोल्याण्ड, पोर्चुगल र रोमनिया जान्न खोज्न नेपाली युवाको दैनिक बढेको वैदेशिक रोजगार विभागले जनाएको छ । सहजै रुपमा पाइने आवासीय अनुमति पत्र, नागरिकता र युरोपियन पासपोर्ट रातो पासपोर्टको लोभमा पनि नेपाली युरोपेली मुलुकमा जाने खोल्जछन् ।

हवाईमार्ग मात्र होइन समुन्द्रीसँगै स्थलमार्ग हुँदै विदेश जाने तस्करीमा पर्ने गरेका छन् । तस्करीले लाखौं पैसा लिएर युरोपका देश, क्यानडा र अमेरिकाका राम्रा रोजगारदाता कम्पनीमा काम लगाइदिने आश्वासन दिएर मध्यपुर्वका विभिन्न देश, भारत, चीन, इन्डोनेसिया थाइल्याण्ड पुराएर अलत्रप पार्ने गरेको व्यूरो प्रहरीले जनाएको छ ।

विदेशका जेलमा परेर फसेका कतिपय नेपाली युवालाई व्यूरो प्रहरीले इन्टरपोल र मानवअधिकार आयोगको सहयोगमा नेपाल ल्याइरहेको प्रहरी जानकारी दिएको छ ।

नक्कली डिमाण्ड देखाएर ठगी

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरोले नर्वे जाने भनेर हिँडेकी झापाकी गीता अधिकारी (नाम परिवर्तन)लाई उद्धार गर्‍यो ।

उनलाई तस्करले थाइल्याण्डको बैङकमा ७ महिना राखेको थियो । उनलाई मानव बेचबिखन अनुसन्धान व्युरोले नेपाल ल्याएको हो । गीताले नर्वे जानका लागि एजेन्टलाई १३ लाख बुझाएकी थिइन । गीता र एजेन्टबीच अमेरिका पुगेपछि बाँकी ९ लाख दिने सर्त भएको थियो ।

नर्वे लैजाने पठाउने वहानामा एजेन्टले सवै पैसा एजेन्टले खाइदिएको गीताले बताइन । उनले भनिन, ‘म जस्ता धेरै युवा युवती युरोपका देश, क्यानडा र अमेरिका जान्न खोज्दा धेरै युवा बैङकमा अलपत्र भएर बसेको छन् । उनीहरु एकतिर पैसा फसेको छ भने अर्को तिर घर फर्कने अवस्था छैन । एजेन्टले ठुलो रकम खुवाएर घर फर्कन नसक्ने अवस्था छ ।’

उनी झापाका एक एजेन्टमार्फत थाइल्याण्ड पुगेकी हुन् । एजेन्डलाई आफूले भेटेपनि उनलाई राम्ररी नचिनेको र नाम पनि थाहा नपाएको गीताले बताइन ।

यस्तै, गोरखाका सागर सञ्जेल (नाम परिवर्तन) पनि ५ महिनाअघि नेपालबाट रोजगारीका लागि क्यानडा हिडेँ । उनी पनि इन्डोनेसियामा ५ महिना बसेर नेपाल फर्किएका छन् । उनले गोरखा कै चन्द्रध्वज सञ्जेलले उनलाई क्यानडा पठाउन फर्किएका हुन । भगिरथलाई पनि एजेन्टले नक्कली भिसा देखाएर ठगेको उनको भनाइ छ ।

विकसित देशमा राम्रो रोजगारी पाइन्छ र कमाई राम्रो हुन्छ भन्ने आशामा नेपाली युवा एजेन्डको जालमा पर्ने गरेकोे मानवबेचविखन अनुसन्धान ब्यूरोका एसपी राजकुमार सिलवासले बताए ।

तस्करीका भरमा हिडेको कयौ युवा विदेशमा अलत्रप परेपछि समस्या व्युरोमा आउने गरेको एसपी सिलवालले बताए ।

रोजगारीमा जान पाइने भनेपछि केही नबुझी जान्न खोज्दा धेरै फस्ने गरेका छन् । विदेशीका जेलमा करिब ५ सय हामीले अनुमान गरेका छैन । ती नेपाल अध्यागमन प्रहरीको जेलमा रहेको सूचना पाइएको उनले बताए ।

उनले भने, ‘कतिपयलाई कुन व्यक्तिको सम्पर्कमा विदेशीन खोजेको भने नै थाहा हुँदैन । मुख्य एजेन्टका बारेमा धेरै थाहा पाउदैन ।’

विगत ९ महिनाअघि नेपालबाट रोजगारीका लागि अमेरिका तस्कारमार्फत हिडेको ५ जना युवा इन्डोनेसियामा अलपत्र परेको उजुरी व्यूरोमा परेको थियो । हाल इन्डोनेसिया अध्यागमन प्रहरीको हिरासतमा रहेका उनीहरुले उद्धारका लागि व्युरो प्रहरीमा आह्वान गरेका छन् ।

विगत केही महिनाअघि युरोप रोजगारीमा हिडेका ५ जना युवाती थाइल्याण्डमा अलपत्र परेर प्रहरीको सहयोगमा नेपाल फर्किएका थिए । यस्तै गत साउनमा महिनामा थाइल्याण्डबाट ९ जनाको प्रहरीले उद्धार गरेको थियो ।

इन्डोनेसिया अध्यागमन प्रहरीले जेलमा रहेका ५ जनालाइ चरम यातना दिइरहेको पीडितले सामाजिक सञ्जालमार्फत बताइरहेको व्यूरो प्रहरीले जानकारी दिएको छ । यस्तै व्युरो प्रहरीले धेरै समस्या आउने गरेका छन् । यसरी जेल परेका धेरै यातना पाउने गरेको प्रहरीको भनाइ छ ।

तस्करीको बारेमा जानकारी दिँदैनन् पीडित

रोजगारीका नाममा विभिन्न देशमा फसेर फर्किएमा पीडितले तस्करीका बारेमा वास्तविकता नबताउने गरेको प्रहरीले बताउँदै आएको छ ।

विदेशीमा अलपत्र परेर फकाइएका रोजगार पीडितले एजेन्टका बारेमा जानकारी नै नभएको बयान दिदाँ अनुसन्धानमा समस्या हुनेगरेको व्यूरो प्रहरीका प्रवक्ता गोविन्द थपलिया बताँउछन् । विदेशमा फसेर फर्किएका आफनो पैसा उठाउन मात्र प्रहरीका सहयोग लिन आउने गरेको प्रहरी प्रवक्ता थपलियाले बताए ।

विभिन्न संघ सस्था र प्रहरीको सहयोगमा उद्धार गरिएका पीडितले एजेन्टका बारेमा मुख नखोल्दा तस्करसम्म पुग्न समस्या भइरहेको उनको भनाइ छ । विदेशमा बसेर नेपालमा एजेन्ट राखेर दलालले रोजगारीका नाममा मानव तस्करी गरिरहेका प्रहरीको भनाइ छ ।

प्रहरी उद्धार गरेका पीडित को मार्फत गएको भन्ने कुरा नै उनीहरुले नबताउँदा समस्या उत्पन्न भएको प्रहरीको भनाई छ ।

५ सय बढी नेपाली विदेशी जेलमा

अवैध बाटो भएर विभिन्न तेस्रो देश हिडेका धेरै नेपाली विदेशका विभिन्न जेलमा रहेको प्रहरीको अनुमान छ । मानव तस्करको पछि लागेर रोजगारीका लागि विकाशित देश हिडेका करिब ५ सय भन्दा नेपाली अध्यागमन र विदेशी जेलमा रहेको व्यूरो प्रहरीले जनाएको छ ।

भिसा अवधि सकिएपछि उनीहरु अध्यागमन प्रहरीले पक्राउ गर्ने गरेको छ । भिसा अवधि सकिएपछि अध्यागमन प्रहरीमा अत्मासमर्पण गर्ने जाँदा धेरै पक्राउ पर्ने गरेको ब्यूरोका डिएसपी नरहरि रेग्मीले बताएका छन् । कुन देशमा कति जेलमा छन् भने विषयमा कन्सुलर र अन्य अन्तराष्ट्रिय संघसस्थामार्फत तंथ्याक लिइरहेको उनको भनाइ छ ।

यसरी पक्राउ परेका नेपालीले चरम यातना प्रहरीले दिने गरेको डिएसपी रेग्मीले जानकारी दिए । अवैध बाटो हुँदै र तस्करीमार्फत रोजगारीको खोजीमा हिडेका धेरै नेपाली विदेशका जेल छन् ।

पछिल्लो समय भारतभन्दा पनि अन्य देशको बाटो तस्करले प्रयोग गर्ने थालेका छन् । इन्डोनेसिया, थाइल्याण्ड, चीन, बंगालदेश र माल्दिभको बाटो भएर नेपाली युवालाई रोजगारीको नाममा तस्कर भइरहेको प्रहरीले बताउदै आएको छ । यसरी तस्करको सहयोगमा रोजगारीका हिडेको जेल पर्ने गरेका छन् ।

नेपालदेखि नै सेटिङ

रोजगारीका नाममा मानव तस्करले नेपालदेखि नै सेटिङ मिलाउने गरेका छन् । मानव तस्कर गिरोहले अध्यागमनमा सेटिङ मिलाएर आकर्षक कमाई हुने भन्दै धेरै नेपाली युवा युवतीलाई विदेशमा बिचल्ली पादै आएका छन् ।

मानव तस्कर र ठग गिरोहले शिकार अर्थात् रकम बुझाउने युवायुवतीलाई सजिलै अध्यागमनबाट छिराउने गरेका छन् । अन्यलाई भने भिजिट भिसामा सबै प्रक्रिया पुरा गरेपनि जान नदिइ फकाउन गरेका घटना धेरै छन् ।

सेटिङमा जानेका नेपालीका हकमा भने सहज तरिकाले अध्यागमनमार्फत जाने गरेको छ । तस्करको सेटिङ नेपालबाट नै हुने गरेको पाइन्छ । यो विषयमा प्रहरीले बेला बेलामा बोल्दै आएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  १० : ३२ बजे

ओलीको प्रतिवेदन : विचार मिल्नेहरू माझ सहकार्य आवश्यक  

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुख्य प्रश्नहरूमा न्यूनतम

इलाम पुगेर गगनले भने- गठबन्धनले माघ कटाएछ भने फेरि जवाफ दिन आउनेछु

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन लामो समय

एमालेको प्रतिनिधि परिषदमा प्रस्तुत ६ प्रतिवेदनहरू

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहेको छ

हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय

बेनी– अष्ट्रेलियका पिटर जेटी हल सन् १९९३ मा पहिलो पटक

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी

काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको