गढीमाई मेला : इतिहासदेखि वर्तमानसम्म | Khabarhub Khabarhub
Logo
६ माघ २०७६, सोमबार

गढीमाई मेला : इतिहासदेखि वर्तमानसम्म

३५ हजार राँगा र हजारौ बोकाको बलि



बारा- प्रत्येक ५ बर्षमा लाग्ने चर्चित गढीमाई मेला अहिले चलिरहेको छ । यो मेला प्रदेश नम्बर २ को ३ वटा जिल्लाका ११ स्थानमा लाग्ने गर्छ ।

यस अघि जस्तै अहिले पनि मध्य तराईका रौतहटको ७, सर्लाहीको २ र बाराको २ गरी ११ स्थानमा मेला लागिरहेको छ।

यतिबेला मेला क्षेत्रमा भक्तजन तथा दर्शकहरुको ठूलो भीड लागेको छ। मेलामा नेपाल मात्र नभई छिमेकी मुलुक भारतबाट समेत दर्शनार्थीहरुको घुईंचो लागेको छ । सबैभन्दा बढी बलि चढाउने भएकाले बाराको वरियारपुर–२ स्थित गढीमाई मेलाले अन्तर्राष्ट्रिय चर्चा पाएको छ।

पशु अधिकारकर्मीहरूले पशुबलि प्रथाको विरोध जनाउँदै आए पनि परम्परागत मान्यता र भाकल पूरा गराउन सर्वसाधारणले बलि दिने गरेका छन्।

यहाँ मुसा, परेवा, बोको, राँगो र खरायो गरी पाँच जन्तुलाई पञ्चबलि चढाएपछि सर्वसाधारणले भाकलअनुसार बलि चढाउने गर्छन्।

यतिमात्र होइन, यहाँ तान्त्रिक दुखा धामीले आफ्नो शरीरको ५ स्थानबाट रगत निकालेर चढाएरपछि बलि खुल्छ । यस पटक पनि तान्त्रिक दुखा धामीले आफ्नो शरीरको निधार, कान, जिब्रो, दाहिने छाती, दाहिने तिघ्रा गरी ५ अंगबाट रगत निकालेर चढाएपछि बलि शुरु भएको थियो ।

भक्तजनहरुले बलिका लागि ल्याईएका रागालाई ब्रम्हस्थान सँगैको वंधशालामा संकलन गरेका थिए । यसरी संकलन गरिएका राँगालाई गढीमाई पुजा ब्यवस्थापन समितिले तोकेका ३ सय जना स्वंयम सेवकहरुले धारिलो घरेलु हतियार, खुडा, खुकुरी, तरवारले शीर छेदन गरी बलि दिने गरेका छन् ।

३५ हजार बढी राँगा र हजारौं बोकाको बलि

यस वर्ष पनि ३५ हजार भन्दा बढी राँगा र हजारौंको संख्यामा बोकाको बलि भएको गढीमाई पुजा ब्यवस्थापन समितिले जनाएको छ । बोका, राँगाको बलि नदिने भक्तजनहरुले भने परेवा उडाउने गर्छन् ।

गढीमाई मन्दिर सञ्चालन तथा विकास समिति वरियारपुर र महागढीमाई नगरपालिका वरियारपुर बाराद्धारा संयुक्त रुपमा दशैंको घटस्थापना दिन शोभा यात्रा गरेको थियो । मेला, पुजालाई ब्यवस्थित बनाउन विभिन्न समिति उपसमिति समेत गठन गरी परिचालन गरेको छ ।

पूजा गर्न, मेला भर्न आउने तिर्थ यात्रीलाई सुविधाको लागि दुई सय भन्दा बढी स्थानमा ठुला ठुला टेन्ड बनाएका छन् । खानपानीका उचित ब्यवस्था संगै शौचालयको समेत ब्यवस्थाप गरेको छ ।

यही मंसिर १ गतेबाट शुरु भएको गढीमाई मेला मंसिर महिना भरी लाग्नेछ । त्यसैगरि मेला र भक्तालु , पर्यटकहरुलाई सुरक्षाका लागि बेला अवधिभर नेपाल प्रहरी, सशस्त्र प्रहरी, सादा पोशाकमा प्रहरी खटिएको छ । मेला अवधिभर डेढ करोड भन्दा बढीले मेला भर्ने अनुमान गढीमाई मेला ब्यवस्थापन समितिको अनुमान छ ।

यस्तो छ गढीमाईको धार्मिक किम्वदन्ति

किम्बदन्ति अनुसार, हत्या अभियोगमा जेल परेका भगवान दास थारुले जेलबाट छुटकारा पाएपछि फर्किदा ल्याएकोे त्रिसुल गाढेको स्थानमा अहिले गढिमाई मन्दिर छ । तिनै थारुका सन्तानबाट १० औं पुस्ताका मंगल चौधरी हाल मन्दिरका मुल पुजारी रहनुले १७ आंै सताव्दी देखि चलेको यो किम्बन्तिले श्रद्धालु, भक्तजनहरुका लागि आस्था र जनविश्वास बढाएको हो ।

जेल घरमा राति निदाएको बेलामा सपनामा आएकी मकवापुरगढीकी तुलजा भवानी अर्थात गढीमाईले मलाई तिम्रो गाउमा लैजाउ, अनि मात्र तिमी जेल मुक्त हुनेछौ र तिम्रा सारा दुः ख पीडा समेत हरेर जानेछ । भनेर हत्या अभियोगमा जेलमैं सजाय भोगि रहेका भगवान दास थारुलाई सपनामा दर्शन दिनु भएपछि जेलमुक्त भएका थारुले भवानीले दिएको त्रिशुल बाराको वरियारपुरमा ल्याएर गाढेका किम्वदन्ती छ । तिनै थारुका वंशजले त्यसै बेलादेखि गढीमाई मन्दिरको रेखदेंख र पूजाआजा गर्दै आएको बताईन्छ ।

गढीमाईमा पाँच वर्षे बलि यसरी शुरु हुन्छ

तिथि अनुसार मार्ग शुक्ल सप्तमीका दिन मन्दिरका मुल पुजारीले तान्त्रिक विधिद्धारा सेतो मुसा, परेवा, हास, सुङ्गुर र राँगा समेतको गरी पन्चवली दिएपछि मन्दिरमा सर्वसाधारणको लागि पनि वली खुल्ला हुने मन्दिरका मुल पुजारी मंगल चौधरीले बताउँछन् ।

‘मान्छेको शरिरको ४ अंगबाट रगत चढाईन्छ । जसलाई नर वली भनिन्छ । नर बलिका लागि रौतहट सिम्रीका दुखा धामीले गढीमाईको विशेष पुजा, आराधानासँगै अन्य गढीमाईका मुल पुजारी, पुजारीहरुका साथमा रही आफ्नो शरीरबाट रगत निकाली नर वली स्वरुप रगत चढाउँदै आएका छन् ।

‘यस अघि रातभर पुजा हुन्छ । पुजा, आराधनाको प्रभावले ब्रह्मस्थानमा अचानक आफै बत्ती बल्छ र पञ्चबलि हुन्छ’- मुल पुजारी मंगल चौधरीले सुनाए ।

हिन्दू धर्म संस्कृतिमा पशु बलिलाई शक्तिसग जोडेर हेर्ने प्रचलन सदियौदेखि रही आएको छ । शक्तिकी देवीलाई खुसी पार्न बलि अनिवार्य भएको परापूर्वकालदेखि नैं मानिदै आएको छ ।


भर्खर

0