मुलुकको विकासका लागि तीनवटै सरकार प्रतिवद्ध- मुख्यमन्त्री पोखरेल | Khabarhub Khabarhub

मुलुकको विकासका लागि तीनवटै सरकार प्रतिवद्ध- मुख्यमन्त्री पोखरेल


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पछिल्लो समय मुलुकमा विकासले गति लिएको बताएका छन् ।

दाङको घोराहीमा दाङ क्षेत्र नं ३ को प्रदेशसभा ‘ख’ का लागि उम्मेदवारी दर्तापछि आयोजित सभालाई सम्बोधन गर्दै उनले जिल्लामा तीनवटै सरकारले विकास निर्माणको गतिलाई अघि बढाएको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश नं ५ इञ्चार्जसमेत रहेका मुख्यमन्त्री पोखरेलले जिल्लामा पछिल्लो समय दर्जनौँ पुल निर्माण पूरा भएका र सडक कालोपत्र गर्ने कार्यले तीव्रता लिएको बताए ।

स्व उत्तरकुमार वलीको सपना पूरा गर्न उनकी धर्मपत्नी विमलाकुमारी खत्री वलीलाई उमेदवार बनाइएको उनले बताए । सभामा उम्मेदवार विमलाले पार्टीले गरेको विश्वास र दिएको जिम्मेवारीलाई श्रीमान्को सपना पूरा गर्ने अवसरका रुपमा लिएको बताए ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ८ : ३५ बजे

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए