कास्की २ मा बढ्यो चुनावी सरगर्मी | Khabarhub Khabarhub

कास्की २ मा बढ्यो चुनावी सरगर्मी


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेपालीको महान् चाडबाड सकिएसँगै चुनावी वातावरणले फेरि कास्कीको वातावरणमा रौनकता थपिरहेको छ । आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा क्षेत्र नम्बर २ को उपनिर्वाचनको सरगर्मीले कास्कीको वातावरण तातिरहेको छ ।

को उम्मेदवार हुने र कसले जनताको मन जितेर आफ्नो पोल्टामा विजयको माला लगाउने भन्ने चर्चा परिचर्चासँगै राजनीतिमा देखिएको नयाँ आयामको बहससमेत भइरहेको छ । राजनीतिमा पुरानो पृष्ठभूमिका अग्रजदेखि नयाँ र युवा उम्मेदवारको कारणले पनि कास्कीमा चुनावी चर्चा बढी भइरहेको छ ।

कास्कीमा हालसम्म ६ पार्टीले मात्रै औपचारिक रुपमा आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन् । नेकपाले विद्या भट्टराई, नेपाली कांग्रेसले खेमराज पौडेल, साझा पार्टीले रजनी केसी, विवेकशील नेपाली दलले जमुना शर्मा, राप्रपाले रोम भण्डारी र समाजवादी पार्टीले धर्मराज गुरुङलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ ।

उम्मेदवारको टुङ्गो लागेसँगै कास्कीका ठूला तथा साना दलले निर्वाचन अभियानलाई तीव्र बनाएका छन् । यसै सन्दर्भमा नेकपाका उम्मेदवार भट्टराईले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको जन्म स्थान भरतपोखरीबाट अग्रजको आशीर्वाद लिएर चुनावी अभियानको शुरुवात गरेकी छन् ।

कांग्रेसले मनोनयन दर्तापछि चुनावी अभियानलाई व्यापक बनाउने बताएको छ । त्यसैगरी साझा, विवेकशील, राप्रपा र समाजवादीले पनि निर्वाचन परिचालन समिति बनाएर आफ्नो चुनावी अभियानलाई सशक्त बनाएको बताएका छन् ।

उक्त क्षेत्रमा ७१ हजार ८७१ मतदाता तथा ३२ मतदानस्थल र ८२ मतदान केन्द्र छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  २ : २३ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न