महंगा अस्पतालले नै गर्छन् फोहर, प्रदुषण गर्ने १३ वटा अस्पताललाई कारवाही | Khabarhub Khabarhub

महंगा अस्पतालले नै गर्छन् फोहर, प्रदुषण गर्ने १३ वटा अस्पताललाई कारवाही


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानिसहरुलाई विभिन्न किसिमको सर्ने तथा नसर्ने रोग लाग्ने विभिन्न कारणहरु छन् । तीमध्ये एउटा कारण हो वातावरण प्रदुषण।

वातावरण प्रदुषणबाट बिरामी परेकाहरुले अस्पताल पुगेर आफ्नो रोगको उपचार गराउँछन् । तर त्यही अस्पतालले फोहर गरेर वातावरण प्रदुषण गरेको सजाय भोगिरेहेको हुन्छ ।

अस्पताल भनेको विभिन्न रोगका बिरामीले उपचार पाउने स्थान हो । विभिन्न किसिमका सर्ने तथा नसर्ने रोग लिएर धेरै बिरामीहरु अस्पताल पुगेका हुन्छन् । त्यसैले पनि अस्पतालहरुमा पुगेका बिरामी र तीनका कुरुवाहरु अस्पतालजन्य रोगको जोखिममा हुन्छन् ।

त्यो जोखिमलाई कम गर्न अस्पतालले सरसफाइ र वातावरण स्वच्छतामा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ ।

तर वातावरण प्रदुषणबाट बिरामी परेकालाई उपचार गर्ने अस्पतालहरुले नै वातावरण प्रदुषण गरेको पाइएको छ । त्यसमा पनि काठमाडौमा रहेका महंगा अस्पतालले समेत प्रदुषण गरेपछि कारवाही भोगेका छन् ।

वन तथा वातावरण मन्त्रालयको वातावरण विभागले चालू आर्थिक वर्षमा वातावरण प्रदुषण गरेको भन्दै १३ वटा अस्पतालहरुलाई कारवाहीको लागि सिफरिस गरेको छ ।

यसरी कारवाहीमा पर्ने अस्पतालहरुमा सरकारकै केन्द्रिय अस्पताल देखि ठूला निजी अस्पतालसम्म रहेका छन् ।

वातावरण प्रदुषण गरेको भन्दै विभागले टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिपुरेश्वको नेपाल आँखा अस्पताल, थापाथलिमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलिमै रहेको निर्भक इन्टरनेशनल हस्पिटल, सिनामंगलको काठमाडौं मेडिकल कलेजलाई जरिवानासहित कारवाही गरेको हो ।

यस्तै जरिवाना रकमसहित कारवाहीमा पर्नेमा ललितपुरको गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टर, ललितपुरकै किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल, काठमाडौंको आयुर्वेदिक चिकित्सालय नरदेवी, काठमाडौंको सिनामंगलमा रहेको नोबेल हस्पिटल प्राली, सुन्धारमा रहेको काठमाडौं भ्याली अस्पताल, जावलाखेलको अल्का अस्पताल प्राली, भरतपुर चितवनको चितवन मेडिकल कलेज र नयाँ बानेश्वरको एभरेष्ट हस्पिटल रहेका छन् ।

कुन अस्पताललाई कति जरिवाना ?

वातावरण प्रदुषण गरेको भन्दै आयुर्वेदिक चिकित्सालय नरदेवीलाई २५ हजार जरिवाना गरिएको छ ।

त्यस्तै शुक्रराज ट्रपिकल, नेपाल आँखा अस्पताल, परोपकार प्रसूति स्त्रीरोग अस्पतालले वातावरण प्रदुषण गरेको भन्दै प्रति अस्पताल ४० हजार रुपैयाँ जरिवाना तिरेका हुन् ।

त्यस्तै निर्भक इन्टरनेशनल हस्पिटल, काठमाडौं मेडिकल कलेज, गणेशमान सिंह मेमोरियल हस्पिटल, किष्ट मेडिकल कलेज,
नोवेल हस्पिटल प्राली, काठमाडौं भ्याली अस्पताल, अल्का अस्पताल, चितवन मेडिकल कलेज, एभरेष्ट हस्पिटललाई प्रति अस्पताल ९० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

जरिवानामा परेका अस्पतालले तिरेनन् रकम

वातावरण प्रदुषण गरेको भन्दै माथि उल्लेखित अस्पतालहरुलाई गत भदौ महिनामा बसेको मन्त्रिस्तरिय बैठकले नै जरिवानासहित कारवाही गर्ने निर्णय गरेको थियो ।

मन्त्रिस्तरीयको निणर्यअनुसार विभागले भदौं महिनाभित्र नै सबै अस्पतालहरुलाई कारवाहीमा परेको भन्दै जरिवाना तिर्न पत्र पठाएको थियो । तर विभागको पत्र पाएपनि पनि धेरै अस्पतालले अझैसम्म जरिवाना रकम नतिरेको विभागको भनाइ छ ।

विभागले केही दिन अघि मात्रै सार्वनजिक गरेको विवरण अनुसार कारवाहीमा परेका १३ अस्पताल मध्ये ४ वटा अस्पतालले मात्रै जरिवाना रकम तिरेका छन् । वातावरण प्रदुषण गरेर जरिवाना समेत नतिर्ने अस्पतालहरु ९ वटा रहेका छन् ।

जरिवाना रकम नतिर्नेमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, नेपाल आखा अस्पताल, परोपकार प्रसूति स्त्रीरोग अस्पताल,निर्भक इन्टरनेशनल हस्पिटल, गणेशमान सिंह मेमोरियल हस्पिटलले जरिवाना बुझाएका छैनन् ।

यस्तै किष्ट मेडिकल कलेज,आयुर्वेदिक चिकित्सालय नरदेवी, काठमाडौं भ्याली अस्पताल,अल्का अस्पतालले समेत जरिवाना तिरेका छैनन् ।

वातावरण विवागको विवरण अनुसार काठमाडौं मेडिकल कलेज, नोवेल हस्पिटल, चितवन मेडिकल कलेज र एभरेष्ट हस्पिटलले मात्रै जरिवाना रकम बुझाएका छन् ।

विभागका सूचना अधिकारी शंकर प्रसाद पौडेले अनुगमनका क्रममा ती अस्पतालहरुले अस्पतालजन्य फोहोरहरु प्रशोधन नगरी फ्याक्ने गरेको, अस्पतालभित्र फोहोर व्यवस्थापन नभएको लगायतका त्रुटी देखिएकाले उनीहरुलाई कारबाही प्रक्रिया अगाडि बढाइएको बताए ।
उनका अनुसार अस्पतालजन्य फोहोर व्यवस्थापन नहुँदा यसले वातावरण प्रदुषण भएको छ ।

वातावरण संरक्षण ऐनको २०५३ को दफा ७ को उपदफा १ विपरीत प्रदुषण गरेको पाइएकाले सोही ऐेनको दफा १८ को उपदफा २ अनुसार अस्पतालहरुलाई जरिवाना गरिएको हो ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  १ : ३३ बजे

विपिन जोशीका परिवारले भेटे प्रधानमन्त्रीलाई 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु 

दोलखा– दोलखाबाट बिहे लिएर सिन्धुपाल्चोक जाँदै गरेको बस दुर्घटना हुँदा

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

महेन्द्रनगर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात

बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई गर्‍यो देश निकाला

अफ्रिका– बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई देशबाट बाहिर जान आदेश

पाथीभरा क्षेत्रमा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध

फुङ्लिङ– ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा