नेपालको दोस्रो सफलता, नेदरल्याण्ड ४ विकेटले पराजित | Khabarhub Khabarhub

नेपालको दोस्रो सफलता, नेदरल्याण्ड ४ विकेटले पराजित


२० आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–ओमानमा जारी पाँच राष्ट्रबीचको पाँच देशीय टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

आजको खेलमा नेदरल्याण्डलाई ४ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

अल अम्रेट क्रिकेट मैदानमा नेदरल्याण्डले दिएको १ सय ३४ रनको लक्ष्य नेपालले १९ ओभर ५ बलमा ६ विकेट गुमाएर पुरा गर्‍यो ।

नेपालको जितमा करण केसी नायक बने । विस्फोटक ब्याटिङ गरेका करणले १४ बलमा १ चौका र ३ छक्कासहित अविजित ३१ रन बनाए ।

त्यस्तै कप्तान पारस खड्काले सर्वाधिक ३३ रन बनाए । बिनोद भण्डारीले २६ रन जोडे । नेदरल्याण्डका भान डेर मर्वीले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डले १९ अभेर २ बलमा सबै विकेट गुमाएर १३३ रन बनाएको थियो ।

नेदरल्याण्डका लागि म्याक्सवेल प्याट्रिक ओ’ डोडले सर्वाधिक ४३ रन बनाए । यस्तै कोलिन एकेर्मानले २९ तथा एण्टोनियस स्टलले २१ रन बनाए ।

नेपालका सन्दीप लामिछानेले ४ ओभरमा मात्र २० रन खर्चेर ४ विकेट हात पारे । यस्तै करण केसीले ३ विकेट र ललित नारायण राजवंशीले १ विकेट लिए । जितसँगै नेपालले २ खेलबाट ४ अंक जोडेको छ ।

नेपाल सिरिजको दोस्रो स्थानमा छ । पहिलो खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएको थियो । नेदरल्याण्डको भने यो लगातार दोस्रो हार हो । अंक विहीन नेदरल्याण्ड पुछारबाट दोस्रो स्थानमा छ । पहिलो खेलमा नेदरल्याण्ड आयरल्याण्डसँग पराजित भएको थियो ।

प्रकाशित मिति : २० आश्विन २०७६, सोमबार  ३ : २० बजे

याङ्जाकोटमा बढ्दै पर्यटक

लेखनाथ– कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा नयाँ वर्षसँगै पर्यटकको सङ्ख्या बढेको

रास्वापा सिद्धयाउने षड्यन्त्र भइरहेको छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना पार्टीलाई सिद्धयाउने

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर– भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

आगोको झिल्का सल्केर घरमा आगलागी

बैसाखे– पर्साको जिल्लाको छिपहरमाई गाउँपालिकामा –१ भलुवहिया टोलमा आज दिउँसो