म्यान्चेस्टर सिटी घरेलु मैदानमै पराजित | Khabarhub Khabarhub

म्यान्चेस्टर सिटी घरेलु मैदानमै पराजित


२० आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी घरेलु मैदानमै पराजित भएको छ ।

आइतबार भएको खेलमा म्यान्चेस्टर वुल्भ्ससँग २–० गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा अन्तिम १० मिनेट सम्हालिन नसक्दा सिटी पराजित भयो । वुल्भ्सलाई जित दिलाउन आडमा ट्राओरेले दुई गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८० औं मिनेटमा ट्राओरेले गोल गर्दै वुल्भ्सलाई अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयमा ट्राओरेले व्यक्तिगत दोस्रो गोल गर्दै वुल्भ्सलाई २–० को जित दिलाए।

दोस्रो स्थानको सिटीले ८ खेलमा १६ अंक छ । सिटीलाई उसैको घरेलु मैदानमा हराएको वुल्भ्सले ८ खेलबाट १० अंक जोडेको छ ।

प्रकाशित मिति : २० आश्विन २०७६, सोमबार  ६ : ५९ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न