नेदरल्याण्ड्सविरुद्ध मैदानमा उत्रिंदै नेपाल | Khabarhub Khabarhub

नेदरल्याण्ड्सविरुद्ध मैदानमा उत्रिंदै नेपाल


२० आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ओमानमा जारी पाँच देशको टी २० क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले आज बलियो टिम नेदरल्याण्ड्सको सामना गर्दैछ ।

ओमान क्रिकेट एसोसियसनको टर्फ मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेबाट सुरु हुनेछ । पहिलो खेलमा हङकङविरुद्ध जीत निकालेको नेपालले दोस्रो खेलमा पनि जीत हासिल गर्ने लक्ष्यकासाथ मैदानमा उत्रिँदैछ ।

जारी प्रतियोगिताको बलियो टिमका रुपमा रहेको नेदरल्याण्ड्स पहिलो खेलमा आयरल्याण्डसँग ६ विकेटले पराजित भएको थियो । ब्याटिङ पक्षा बलियो रहेको नेदरल्याण्ड विरुद्धको खेल नेपालका लागि सहज भने छैन ।

नेपालले नेदरल्याण्ड्स विरुद्ध अहिलेसम्म टी २० मा हराउन सकेको छैन । अन्तिम पटक यी दुई टीम टी २० मा इंग्ल्याण्डको लड्र्समा खेलेका थिए । तर सो खेल बर्षाका कारण रद्द भएको थियो ।

प्रकाशित मिति : २० आश्विन २०७६, सोमबार  ६ : ३२ बजे

दक्षिण कोरियाले गर्‍यो पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

सोल– सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा

यस्तो छ १६ औँ योजनाको मस्यौदा (पूर्णपाठ)

सरकारले १६ औँ योजनाको मस्यौदा ल्याएको छ । उक्त योजनाको

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

काठमाडौं– चलचित्र विकास बोर्डले २४औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय

चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं– त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण र