संविधान दिवस मनाउन झण्डा अंकित टिसर्टको नमूना सार्वजनिक | Khabarhub Khabarhub

संविधान दिवस मनाउन झण्डा अंकित टिसर्टको नमूना सार्वजनिक


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले संविधान दिवस र राष्ट्रिय दिवसहरूमा प्रयोग गरिने सरकारी टिसर्टको नमूना सार्वजनिक गरेको छ । गृह मन्त्रालयले चार प्रकारका टिसर्टहरू सार्वजनिक गरेको हो ।

संविधान दिवसमा राष्ट्रिय झण्डाको प्रयोग बढाउने बताएको सरकारले टिसर्टमा पनि राष्ट्रिय झण्डा छाप्न मिल्ने भन्दै विभिन्न साइजका टिसर्टका नमूना सार्वजनिक गरेको हो ।

गृहले सार्वजनिक गरेको टिसर्टमा राष्ट्रिय झण्डालाई मुटुको माथि पर्ने गरी डिजाइन गरिएको छ । नमूना टिसर्ट सबै सेता रङका छन् । तीनवटामा छेउछेउमा निलो घेरा राखिएको छ भने एउटा सम्पूर्ण रूपमा सेतो छ ।

संविधान जारी भएको दिन असोज ३ गतेलाई भव्य रुपमा मनाउने बताउँदै आएको सरकारले त्यसै अनुरुपको तयारी गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  ११ : ५९ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द