मोबाइल एप जसले केही मिनेटमै पत्ता लगाउँछ मिर्गौलाका घातक रोग | Khabarhub Khabarhub

मोबाइल एप जसले केही मिनेटमै पत्ता लगाउँछ मिर्गौलाका घातक रोग


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मोबाइल फोन र त्यसका एपहरुले मानिसको दैनिकीलाई निकै सहज बनाइदिएको छ । मोबाइल फोनका एपहरु अहिले चिकित्सा क्षेत्रमा पनि प्रयोग हुने गरेको छ । यस्तै एक एपले मिर्गौला रोग भए नभएको पत्ता लगाउन सहयोग पुग्ने छ ।

उक्त  एप मानिसमा घातक सिद्ध हुन सक्ने मिर्गौला रोग भए नभएको पत्ता लगाउन सहयोगी बनेको छ ।

मिर्गौलाको रोग केही मिनेटमै पत्ता लाग्न थालेपछि स्वास्थ्यकर्मीहरूले यो विधिले बिरामीको जीवनरक्षामा सहयोग पुर्‍याउन सक्ने बताएका बीबीसीले जनाएको छ ।

सेप्सिसजस्ता गम्भीर प्रकारको रोग लागेका बिरामीको मिर्गौलामा हानि पुग्न सक्छ। त्यस्तो समस्या प्राय: वृद्ध बिरामीहरूमा देखिन्छ । छिटो उपचार नगरे त्यसले अन्य अङ्गलाई पनि प्रभावित तुल्याउन सक्छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार गम्भीर प्रकारको मिर्गौलाको चोटपटकका कारण विश्वमा प्रत्येक वर्ष झन्डै १७ लाख मानिसको ज्यान जाने गर्छ ।

लन्डनको रोयल फ्री अस्पतालमा गरिएको परीक्षणको क्रममा चिकित्सक तथा नर्सहरूले एउटा मोबाइल फोन एपको सहायताले औसतमा १४ मिनेटको अन्तरालमा चेतावनीहरू प्राप्त गरे । चोटपटकको सम्भावना बढेको बेला रक्तपरीक्षण गर्दा त्यस्ता चेतावनीहरू प्राप्त भए । सामान्य अवस्थामा कैयौँ घण्टापछि मात्र त्यस्तो समस्या पत्ता लाग्थ्यो।

मिर्गौला मानव शरीरमा रगत सफा गर्ने काम गर्ने अङ्ग हो । स्ट्रीम्स नाम दिइएको सूचना प्रणाली रोयल फ्री अस्पतालले डीपमाइन्ड नामक प्रविधि फर्मसँग मिलेर बनाइएको हो ।

त्यसले काममा खटिएका स्वास्थ्यकर्मीहरूलाई सरल सूचना र ग्राफहरू उपलब्ध गराउँछ। विभिन्न रक्तपरीक्षणको क्रममा क्रीएटनिन नामक खेर जाने तत्त्वको परिणामको मापन गरिन्छ। त्यसलाई मिर्गौलाले छानेर बाहिर निकाल्ने गर्छ।

रगतमा हुने अन्य सूचकबारे पनि एपले तुरुन्तै स्वास्थ्यकर्मीलाई जानकारी गराउँछ । त्यो विधिको विकास भएपछि उपचार खर्च निकै घटेको अस्पताल व्यवस्थापकहरूले बताएका छन् ।

रोयल फ्रीकी प्रमुख नर्स म्यारी एमर्सनले भनिन्, “यसरी अस्पतालका बिरामीहरूको अवस्थाबारे तत्कालै सूचना पाउने विधि एकदमै ठूलो परिवर्तन हो। यसले हामीलाई तत्कालै सूचना पाउन सजिलो भएको छ।” जटिलता र अन्य गम्भीर रोगका कारण मिर्गौलाले राम्ररी काम गर्न नसक्ने अवस्था उत्पन्न भएमा त्यसलाई एक्युट किड्नी इन्जरी अर्थात् गम्भीर मिर्गौला चोटपटक भन्ने गरिन्छ ।

हालै विभिन्न बिरामीहरूको मिर्गौलाको अवस्थाबारे प्राप्त १२,००० सूचनाहरूको युनिभर्सिटी कलेज लन्डनमा मूल्याङ्कन गरिएको थियो ।

नेचर डिजिटल मेडिसिन जर्नलमा प्रकाशित शोधका अनुसार ती सूचनाका कारण बिरामी निको हुने क्रममा सुधार नभएपनि गम्भीर मिर्गौला चोटपटक छिटै पत्ता लगाउन सजिलो भएको थियो । एक परामर्शदाता चिकित्सक स्याली हामोरले यो परियोजना “जीवनरक्षक बन्न सक्ने” खालको भएको बताइन् ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  ५ : ११ बजे

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९