भारतले चन्द्रमामा पठाएको चन्द्रयान-२ सम्पर्कबिहीन | Khabarhub Khabarhub

भारतले चन्द्रमामा पठाएको चन्द्रयान-२ सम्पर्कबिहीन


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले चन्द्रमामा पठाएको चन्द्रयान-२ सम्पर्कबिहीन भएको छ । चन्द्रयान-२ चन्द्रमामा अवतरण गर्ने बेलादेखि सम्पर्कबिहीन भएको हो ।

भारतीय अन्तरीक्ष अनुसन्धान संगठन (इसरो) का अनुसार राति साढे १ बजेदेखि २ बजेको बीचमा चन्द्रमामा अवतरण गराउने योजना अनुसार काम भएपनि अवतरण गर्नै लागेपछि सम्पर्क टुटेको थियो।

चन्द्रयान-२ को सफल अवतरण र उसले गर्ने अनुसन्धान हेर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतीय अन्तरीक्ष अनुसन्धान संगठन (इसरो) को कार्यालय पुगेका थिए । तर अन्तिम समयमा प्राविधिकहरुले सम्पर्क टुटेको खबर सुनाएपछि उनी निराश हुँदै फर्किएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

इसरोका अध्यक्ष के.सिवनले चन्द्रमा नजिकै पुगेको बेला सम्पर्क टुटेको जानकारी गराउँदै भने, ‘चन्द्रमाको सतहभन्दा २.१ किलोमिटरसम्ब सबै सामान्य थियो, तर त्यसपछि सम्पर्क टुट्यो । अब डाटाको समीक्षा गरिँदै छ ।’

प्राविधिक कारणले एक हप्तासम्म स्थगित गरिएको चन्द्रयानलाई भारतले गत साउन ६ गते अन्तरिक्षमा पठाएको थियो ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  ८ : ०१ बजे

स्टोनिसको शतकमा चेन्नईविरुद्ध लखनउको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बुधबारको विदेशी मुद्राको विनिमय दर कति

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख १२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा