‘डेङ्गुका विषयमा धेरै भ्रम फैलियो’ | Khabarhub Khabarhub

‘डेङ्गुका विषयमा धेरै भ्रम फैलियो’


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– केही संख्यामा डेङ्गुका बिरामी फेला परेपनि यस विषयमा धेरै नै भ्रम फैलिएको चिकित्सकहरुले जनाएका छन् । डेङ्गुका विषयमा भ्रम फैलाइदा मानिसहरुमा बढी नै त्रास उत्पन्न भएको भन्दै चिकित्सकहरुले सबैको ध्यानाकर्षण गराएका छन् ।

प्रादेशिक (कोशी) अस्पताल विराटनगरमा हाल दुई जना बिरामीमात्र डेङ्गुको शङ्कामा उपचार गराइरहेका छन् । डेङ्गुको उपचार गराइरहनेमा विराटनगर अस्पतालकै कर्मचारी सुरेन मरिकका छोरा १५ वर्षीय किसन मरिक र रङ्गेली नगरपालिका–१ निवासी सन्जोग सरदार छन् ।

सुरेन सुनसरीको धरानबाट फर्केर आउँदा डेङ्गुको शङ्कामा र सरदारलाई एक हप्तादेखि ज्वरो आउने र टाउको दुख्ने समस्या देखिएपछि अस्पताल भर्ना भएर उपचार गराइरहेको आकस्मिक कक्षका प्रमुख रघुनन्दन अधिकारीले जानकारी दिए । दुवै जनाको स्वास्थ्य अहिले सामान्य भएको र उपचार भइरहेको उनले जानकारी दिए ।

अस्पतालमा अहिलेसम्म डेङ्गुका कारण कसैको पनि मृत्यु नभएको र अब यो समस्या कम हुँदै जाने उनले बताए । यसैगरी अस्पतालमा दैनिक १५ देखि २० जना भाइरल ज्वरोका बिरामी आउने गरेका छन् । उनीहरु उपचारपछि घर फर्कने गरेका छन् । छ दशकअघि निर्माण भएको यो अस्पतालमा धेरै समस्या देखिएको अस्पताल प्रमुख डा रोशन पोखरेलले बताए ।

कूल ६० जना विशेषज्ञ चिकित्सकको दरबन्दीमा हाल २० जना मात्र कार्यरत छन् भने १४ जना करारमा भर्ना भएका चिकित्सकको पनि म्याद नथपिएकाले बिरामी उपचारमा समस्या उत्पन्न भएको प्रमुख पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ६ : ०३ बजे

भारतीय अर्थमन्त्री सीतारमण भन्छिन्- चुनाव लड्ने पैसा छैन

काठमाडौं– भारतको केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले लोकसभा चुनावमा भाग

उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु

अमेरिका– संयुक्तराज्य अमेरिकाको उत्तरी इलेनोइसमा एक व्यक्तिले जथाभावी छुरा प्रहार

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द

काठमाडौं– नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द भएको छ

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

काठमाडौं– नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन

वीरगञ्ज भन्सारबाट एक अर्ब राजस्व संकलन 

वीरगञ्ज– मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक