यी हुन् विश्वकै १० घुम्नलायक शहरहरु | Khabarhub Khabarhub

यी हुन् विश्वकै १० घुम्नलायक शहरहरु


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निरन्तरको काम र व्यस्त जीवनशैलीबाट मुक्ति पाउनका लागि घुमफिर र नयाँ नयाँ स्थानमा जानु उपयुक्त हुन्छ । तनावबाट मुक्ति पाउनका लागि पछिल्लो समय घुमफिर गर्ने संस्कृतिको विकास नेपालमा पनि भइरहेको छ ।

लामो विदाको समयमा वा व्यस्त दैनिकीका बीचमा पनि थकानबाट मुक्ति पाउनका लागि विभिन्न स्थानको भ्रमण गर्न उपयुक्त हुन्छ ।

नेपालका पोखरा, चितवन, मनाङ, मुस्ताङ, जिरी, अन्नपूर्ण वेसक्याम्प, सगरमाथा वेसक्याम्प, इलाम लगायतका स्थानमा घुमफिरका लागि जान उपयुक्त हुन्छ । यसका साथै कहिलेकाही लङ टुरमा जान चाहनेहरुको लागि विदेशी भूमि पनि उपयुक्त हुन्छ ।

पछिल्ला समय स्वदेशभित्रै र विदेशमा पनि नेपालीहरु घुम्न जान थालेका छन् । यदि तपाईं विदेश घुम्न जादै हुनुहुन्छ भने तपाईंको रोजाइमा यी दश वटा देशहरु पर्न सक्छन् हेर्नूस् ।

लण्डन

लण्डन धेरैको रोजाइमा पर्ने देश हो । इंग्लाण्डको राजधानी शहर दुनिया भरका पर्यटकको मुख्य आकर्षणको केन्द्र हो । लण्डन लामो विदाका क्रममा घुम्न जाने उपयुक्त स्थान मध्ये एक हो ।

जापान (क्योटो)

पछिल्लो समय जापान जानेहरुको संख्या निकै बढेको छ । नेपाली विद्यार्थीहरु अध्ययनका लागि पनि जापान जाने गरेका छन् । जापनको क्योटो सहर घुम फिरका लागि निकै उपयुक्त स्थान रहेको छ ।

बेल्जियम (ब्रुज)

बेल्जियमको ब्रुज शहरमा युरोपको मध्यकालीन युगको छवी देख्न सकिन्छ । त्यसैले इतिहासका विद्यार्थीका लागि त यो स्थान थप आकर्षक बन्न सक्छ ।

इटली (रोम)

इटलीको रोम मानव सभ्यताको इतिहास बोकेको सहर हो । त्यसैले इटलीको रोम सहर लामो समय घुम्न जान उपयुक्त रहेने स्थान हो ।

इटली (फ्लोरेंस)

माइकल एंजेलो तथा लियोनार्डो दा विंचीसहित कयौं ठूला कलाकारको विरासतको रुपमा रहेको इटलीको फ्लोरेन्स शहर विश्वको सबैभन्दा राम्रो शहरको रुपमा लिइन्छ । यहाँ पुग्ने जो कोहीलाइ कोहीलाए पनि शहरले आफ्नो तर्क आकर्षित गर्न सक्छ ।

फ्रान्स (पेरिस)

फ्रान्स भन्नासाथ धेरैको दिमागमा आउने गर्छ पेरिस शहर । यहाँ वर्षेनि लाखौंको संख्यामा पर्यटक आउने गरेका छन् । आइफिल टावरलाइ यहाँको मुख्य आकर्षणको केन्द्रसमेत मानिन्छ । वर्षे नी लाखौं मानिस आइफिल टावर पुग्ने गरेका छन् । यो स्थान लामो सयम घुम्नका लागि तपाईको उपयुक्त गन्तव्य बन्न सक्छ ।

हंगेरी (बुडापेस्ट)

बुडापेस्ट डोनाउ नदीको किनारामा बसेको छ । यसै कारण यस शहरलाइ डोनाउ की रानी पनि मानिन्छ । पहिलो यो शहर दुई हिस्सा बाडिएको थियो । बुडा र पेस्ट जो नदीको दुवै तर्फबाट बसेको थियो र यी दुवैलाइ मिलाएर बनेको हो ।

अस्ट्रिया (भिनया)

 

अस्ट्रियाको भिनया शहर यूरोपका राजाहरुको गढको रुपमा रहने गरेको थियो । यहाँका राजा आफ्ना सवै ऐश आरामका सामान मगाएर बस्थे । त्यहाँको केक निकै प्रसिद्ध मानिन्छ ।

चेक गणराज्य (प्राग)

चेक गणराज्यको प्राग शहरमा पनि वर्षेनि लाखौंको संख्यामा पर्यटक आवतजावत गर्छन् ।

चीन (बैइजिङ)

चीनको बेजिङ पनि घुम्नका लागि उपयुक्त स्थान मध्येको एक हो । बेजिङमा रहेको ग्रेट वाल अफ चाइनाले विश्वकै ध्यान आकर्षण गर्न सक्छ । यसका साथै चीनको विकास र त्यहाँको संस्कृति अवलोकनका लागि पनि चीन उपयुक्त गन्तव्य बन्न सक्छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ३ : २३ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन