कर्मचारीले सामूहिक राजीनामा दिए स्वीकृत हुने | Khabarhub Khabarhub

कर्मचारीले सामूहिक राजीनामा दिए स्वीकृत हुने


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निजामती कर्मचारीहरुले सामूहिक राजीनामा दिए सरकारले स्वीकृत गर्ने कानूनी व्यवस्था हुने भएको छ ।

‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाका सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा कर्मचारीहरुले सामूहिक राजीनामा दिनुको औचित्य पुष्टि भए सरकारले स्वीकृत गर्ने सहमति भएको हो ।

अस्पतालका चिकित्सकसहित अन्य विभिन्न क्षेत्रका कर्मचारील सामूहिक राजीनामा दिने धम्की दिँदै सेवा ठप्प पार्ने काम गर्ने गरेको बेलामा यस्तो राजीनामा स्वीकृत गर्ने कानूनी व्यवस्था हुन लागेको हो ।

बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा विगतका ती घटनालाई ध्यानमा राखेर विधेयकमा समावेश गरिएको निजामती कर्मचारीहरुले सामूहिक राजीनामा दिए सरकारले स्वीकृत गर्ने प्रावधान पारित गरिएको हो ।

विधेयकको दफा १२१ मा निजामती कर्मचारीहरुले सामूहिक राजीनामा दिए सरकारले स्वीकृत गर्ने प्रावधान राखिएको थियो । त्यसमा सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुबीच मत बाँझिएको थियो ।

त्यसैगरी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र सोही मन्त्रालयका सचिव यादव कोइरालाको पनि मत विभाजित भएको थियो । तर मन्त्री पण्डितले विगतमा सरकारलाई घेराबन्दीमा पार्ने नियतका साथ त्यस्ता गतिविधि हुने भएकाले त्यसलाई नियन्त्रण गर्न सरकारले सो प्रावधान ल्याउनु परेको स्पष्टिकरण दिए ।

चिकित्सकहरुले समेत सामूहिक राजीनामाको धम्की दिएर सरकारलाई अनावश्यक दवाव दिने काम गरेपछि सरकारले नियन्त्रणका लागि पनि कानुनी व्यवस्था गर्न बाध्य हुनु परेको मन्त्री पण्डितको भनाइ थियो ।

त्यसैगरी सत्तारुढ दल नेकपाका सांसदहरु जनार्दन शर्मा, खगराज अधिकारी, झपटबहादुर रावलले पनि राज्य संयन्त्र संचालन गर्नेहरुको अराजकता र अनुशासनहिनताको अन्त्य गर्न पनि सो प्रावधान राख्न उपयुक्त हुने तर्क गरेका थिए ।

पूर्व स्वास्थ्य मन्त्री समेत रहनु भएका नेकपाका सांसद अधिकारीले चिकित्सकहरुले समेत आफ्ना अनुचित माग पूरा गराउन सामूहिक राजीनामा दिने धम्कीसहित अस्पतालको सेवा ठप्प पार्ने विगतका ती घटनालाई नियन्त्रण गर्न पनि सो प्रावधान आवश्यक रहेको तर्क गरे ।

नेकपाकै अर्का सांसद एवम् पूर्व गृहमन्त्री जनार्दन शर्माले विभिन्न कारणले कर्मचारीहरुले सामूहिक राजीनामा दिएमा औचित्य पुष्टि भए सरकारले राजीनामा स्विकृत गर्ने प्रावधान सही भएको बताए ।

सत्तारुढ दलकै सांसद झपटबहादुर रावलले कर्मचारीहरुको अराजकता र अनुशासनहिनताको अन्त्य गर्न पनि उनीहरुको सामूहिक राजीनामा आएमा सरकारले स्वीकृत गर्ने कानुनी प्रावधान राख्न उपयुक्त हुने बताए ।

यता, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरु भने कर्मचारीहरुले सामूहिक राजीनामा दिए सरकारले स्विकृत गर्ने प्रावधानको विपक्षमा उभिएका थिए ।

काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले कर्मचारीहरुको सामूहिक राजीनामाको परिकल्पना गरेर कानुन निर्माण गर्न आवश्यक नभएको तर्क गरे । काँग्रेस सांसद देवेन्द्रराज कँडेलले पनि बडुको मतमा सहमति जनाएका थिए ।

काँग्रेस सांसद बडुले कर्मचारीहरुको हितका लागि टे«ड युनियन संघ, संगठनहरु आवश्यक रहेको धारणा राखेका थिए ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  १ : ११ बजे

एसईई परीक्षा केन्द्रबाट पाँच सय बढी मोबाइल बरामद

रौतहट । एसईई परीक्षालाई मर्यादित बनाउन सक्रिय स्थानीय प्रशासन दोस्रोदिन

त्रिविले नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रश्नपत्र बनाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अङ्ग्रेजी र नेपाली दुवै भाषामा

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज अनुगमन तथा मूल्याङ्कन व्यवस्था

खुमबहादुर खड्कालाई झुठ्ठो मुद्दामा फसाइएको देउवाको दाबी

दाङ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको