लुम्बिनी विकास बैंकद्वारा काजिमान हरीटिका माध्यमिक विद्यालयलाई खानेपानी टयाङ्की सहयोग | Khabarhub Khabarhub

लुम्बिनी विकास बैंकद्वारा काजिमान हरीटिका माध्यमिक विद्यालयलाई खानेपानी टयाङ्की सहयोग


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी विकास बैंक लि. ले स्याङ्जास्थित एक विद्यालयलाई खानेपानी ट्यांकी हस्तारन्तरण गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत पुतलीबजार नगरपालिका–०३, कुमालगाउँ स्याङ्जा स्थित श्री काजिमान हरीटिका माध्यमिक विद्यालयलाई खानेपानी ट्याङ्की हस्तान्तरण गरेको हो ।

विद्यालयका विद्यार्थी तथा शिक्षक लगायतलाई स्वच्छ खानेपानी सहजताको लागी साउन २१ गते बैंकका संचालक समितिका अध्यक्ष शुशील राज पराजुलीले उक्त विद्यालयका प्राचार्य ओमप्रकाश शर्मालाई एक समारोहका बिच १५०० लि. क्षमताको खानेपानी टयाङ्की हस्तान्तरण गरेका हुन् ।

बैंकका संचालक समितिका अध्यक्ष पराजुलीले लुम्बिनी विकास बैंक लि. ले जिवन उपयोगी शिक्षाको ज्योती फैलाउदै समग्र देशको समुन्नतीको लागी योग्य जनशक्तिको आधार तयार गर्दै आएको काजिमान हरिटीका विद्यालयलाई आगामी दिनमा सक्दो सहयोग गर्ने बताए ।

“निरन्तर सहयात्रा” भन्ने नाराका साथ बैंकले देशभर ६५ शाखा र १३ वटा ए. टि. एम का साथै मोबाईल बैंकिङ्ग र ईन्टरनेट बैंकिङ्ग मार्फत सेवा दिइरहेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ११ : १८ बजे

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

महेन्द्रनगर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात

बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई गर्‍यो देश निकाला

अफ्रिका– बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई देशबाट बाहिर जान आदेश

पाथीभरा क्षेत्रमा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध

फुङ्लिङ– ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा

सुर्खेतमा ‘एन्फा महिला लिग’ आजदेखि

कर्णाली– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि ‘एन्फा महिला लिग-२०२४ छनोट

बैतडीमा आगलागी, ५ लाख बराबरको क्षति 

काठमाडौं– बैतडीमा दुई घरमा आगलागी भएको छ। जंगलमा लागेको आगोबाट