रेविजका कारण १० वर्षमा ४ सयको ज्यान गयो | Khabarhub Khabarhub

रेविजका कारण १० वर्षमा ४ सयको ज्यान गयो


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गोदावरीकी १७ वर्षीया युवती पानी र हावादेखि डराउन थालिन् । ‘पानी देख्दा र हावा चलेको आभाष हुँदा पनि किन डराएँ होला’ भनेर शुरुमा हावापानीसँगै डर लाग्दा उनी आफै पनि अचम्ममा परिन् ।

उनले सम्झिन् ‘डेढ महिना अघि बाटोमा हिँड्दै गर्दा सानो कुकुरले टोकेको थियो ।’ कुकुरको टोकाइले रेविज लाग्न सक्छ भन्ने जानरकारी उनलाई थियो ।

तर सानो कुकुरले घाउँसमेत नहुनेगरी टोकेको त हो भनेर उनी अस्पताल गइनन् । जब डेड महिनापछि रेविजको लक्षण आफूमा देखियो त्यसपछि उनी झसंग भइन् ।

रेविजको लक्षण आफूमा देखिएपछि उनी आफन्तको सहयोगमा शुक्रबार टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइन् । चिकित्सकहरुले स्वास्थ्य परीक्षण गर्दा रेविज लागेको पुष्टि भयो ।

अस्पतालको रेविज वार्डमा भर्ना भएकी ती १७ वर्षीया युवतीकोआइतबार मृत्यु भयो ।

अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेर बहादुर पुनका अनुसार केही वर्ष अघि भाइलाई कुकुरले टोक्दा रेविज विरुद्धको सुइ लगाउन उनी आफै अस्पताल आएकी थिइन् । तर कुकुरले आफूलाई टोक्दा रेविज लाग्नसक्छ भनेर जान्दाजान्दै पनि सामान्य कोटाइ हो भनेर हेलचेत्र्याइ गर्दा उनले ज्यान नै गुमाउनु पर्‍यो ।

डा पुनका अनुसार कुकुरले टोकेपछि समयमै अस्पताल आएको भए उनको ज्यान जोगिन्थ्यो ।

‘रेविज रोग लागिसकेपछि उपचार सम्भवन छैन, उनलाई कुकुरले टोक्दा समयमै रेविज विरुद्धको सुइ लगाएको भए ज्यान जाने थिएन,’ डा पुनले भने, ‘नेपालमा धेरैजस्तो कुकुर, स्याल र बिरालोको टोकाइले रेविज हुने गरेको छ । रेविजबाट मृत्यु हुनुको कारण नै उपचार गर्न वेवास्ता गर्नु हो ।’

इपिडिमियोलोजी तथा रोग निययन्त्रण महाशाखाका अनुसार साउनको तेस्रो सातासम्ममा रेविजका कारण ३ जनाको मृत्यु भइसकेको छ । रेविज रोग लाइसा नामक आरएनए भाइरसका कारणले लाग्ने गर्छ । यसलाई संक्रमित जनावरको र्‍याल टोकेको ठाउँबाट शरीरभित्र प्रवेश गरी स्नायुको नसाबाट मस्तिष्कसम्म पुग्छ । स्नायु र मस्तिष्कमा पुग्ने भाइरसले मनिस र संक्रमति जनावरको मृत्यु हुन्छ ।

सबैभन्दा बढी डर कुकुरको 

सरुवा रोग विशेषज्ञ डा पुनका अनुसार रेविज रोग स्तनधारी र मांसाहारी जनावरको टोक्दा उनीहरुमा भएको रेविजको भाइसर मानिसमा पर्छ । नेपालमा शहरी क्षेत्रहरुमा छात्रा छाडिएका कुकुरको टोकाइबाट रेविज लाग्नेको संख्या धेरै छ ।

आर्थिक वर्ष २०७४/७५ मा मात्रै २६ हजार ३ सय १२ जनालाई कुकुरले टोकेको इपिडिमियोलोजीको तथ्यांक पनि छ । एकवर्षमा २८ हजार ५ सय १४ जनालाई जनवारले टोकेकोमा २६ हजार ३ सय १२ जनालाई कुकुरले टोकेको र २ हजार २ सय २ जनालाई अन्य जनावारले टोकेको महाशाखाको तथ्यांक छ । आर्थिक वर्ष २०९४/७५ मा २ लाख ८१ हजार ७ सय १८ वटा रेविज विरुद्धको खोप प्रयोग भएको छ ।

उपचार र सचेतनामा १४ करोड खर्च 

सरकारले हरेक वर्ष रेविज विरुद्धको सुइ र सचेतनाको कार्यक्रमका लागि १४ करोड रकम खर्च गर्दै आएको छ । तर रेविज रोगका कारण मृत्यु हुनेको संख्या भने घट्न सकेको छैन ।

१० वर्षमा ४ सयको मृत्यु

रेविज रोग लागिसकेपछि उसको उपचार सम्भव छैन । तर रोग नर्सदै रेविज विरुद्धको सुइ लगाएमा यो रोग लाग्नबाट बच्न सकिन्छ ।

रकारले रेविज विरुद्धको सुइ निशूल्क रुपमा उपलब्ध गराएको छ । तर पनि रेविजका कारण मानिसहरुको मृत्यु भने अझै रोकिएको छैन ।
१० वर्षमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकको अनुसार आर्थिक वर्ष २०७२/७३ मा रेविजबाट मृत्यु हुनेको संख्या ६ जना मात्रै थियो ।

यस्तै आर्थिवर्ष वर्ष २०७३/७४ मा ८ जनाको मृत्यु भएको थियो । तर आर्थिक वर्ष २०७४/७५ मा एक वर्षको अवधिमा ३२ जनाको रेविजको कारण मृत्यु भएको छ ।

महाशाखाको तथ्यांकको अनुसार आर्थिक वर्ष २०६५/६६ देखि २०७४/७५ सम्ममा मात्रै ४ सय ८२ जनाको रेविज लागेर मृत्यु भएको छ ।

रेबिज रोगीमा यस्ता लक्षण देखिन्छन् 

पानी र हावादेखि डराउने ।

अत्यधिक उत्तेजित व्यवहार गर्ने ।

ज्वरो आउने ।

घाउ भएको स्थानमा दुख्ने ।

झम्झमाउने ।

घोचे, पोलेजस्तो हुने ।

रस मस्तिष्कसम्म पुगेपछि मस्तिष्क तथा स्नायु नसाहरू सुन्निने ।

यी लक्षण देखिएमा मानिसमा रेबिज रोग लागेको हुनसक्छ । चिकित्सकका अनुसार रेबिज रोग लागेको व्यक्तिको माथि उल्लेखित लक्षण देखिएको ७ दिनभित्रमा मृत्यु हुन सक्छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  १२ : ३१ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका