पहिरोले लघुजलविद्युत् आयोजना बन्द | Khabarhub Khabarhub

पहिरोले लघुजलविद्युत् आयोजना बन्द


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- सुतीखोला लघु जलविद्युत आयोजना तिनाउको विद्युत् पावरहाउसमा ल्याइएको कुलोमा पहिरो खसेपछि विद्युत् आपूर्ति बन्द भएको छ । अविरल वर्षाले गर्दा कुलोमाथिबाट विभिन्न ठाउँमा पहिरो खसेर कुलो पुरिएको र विभिन्न भागमा भत्किएकाले एक महिनादेखि यहाँका स्थानीयवासी अन्धकारमा बस्न बाध्य छन् ।

विद्युत् आपूर्ति बन्द भएपछि जिल्लाको तिनाउ गाउँपालिका कोलडाँडाका २४५ घरधुरीका स्थानीय समस्यामा परेको सुतीखोला लघुजलविद्युत् आयोजनाका व्यवस्थापक गणेश रासकोटीले बताए । ‘३०० स्थानीयवासीको श्रमदानबाट कुलो मर्मत गरिए पनि आयोजना सञ्चालन गर्न सकिएको छैन, कुलोमा पर्खाल लगाउन र सफा गर्न समस्या भइरहेको छ’, उनले भने ।

अबको एक हप्तामा कुलो मर्मतकार्य सम्पन्न गरेर विद्युत् आपूर्ति सञ्चालन गर्ने योजना रहेको छ । विसं २०६४ मा सञ्चालनमा आएको यस आयोजनाबाट केन्द्रीय विद्युत् प्रसारण लाइन गाउँमा नपुगे पनि यहाँका स्थानीयवासीलाई विद्युत् आपूर्तिमा ठूलो सहयोग मिलेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ९ : ४२ बजे

चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं– त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण र

थाइल्यान्डमा ‘लु’ बाट ३० जनाको मृत्यु

बैंकक– यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु

मनाङ– विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट

नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती

काठमाडौं- नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त टोलीले