टेलरिङ्गको आडमा लागुऔषध धन्दा | Khabarhub Khabarhub

टेलरिङ्गको आडमा लागुऔषध धन्दा


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्यूरोले ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले ललितपुरमा अजिता गुरुङले सञ्चालन गरेको कपडा सिलाउने पसलमा छापा मार्दा ठूलो परिमाणमा लागुऔषधसहित गुरुङ र उनका श्रीमान् सुरेन नगरकोटीलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले कपडा सिलाउने पसलमा लागुऔषध कारोवार गरिरहेको सूचनाका आधारमा छापा मार्दा पाँच हजार १०५ एम्पुल, डाइजेपाम एक हजार ७८३ एम्पुुल, नुर्फिन दुई हजार १२१ एम्पुल र फेनार्गन एक हजार २०१ एम्पुल फेला परेको बताए ।

प्रहरीले रु एक लाख ५० हजार, मोबाइल सेट ३६ थान, आइप्याड तीन थान र पावर बैँक एक थानसमेत बरामद गरेको छ । पक्राउ परेका नगरकोटी लामो समयदेखि लागुऔषधको कारोवार गर्दै आएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ८ : ३३ बजे

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९